आलोपालोको लेनदेन पार्टीले मान्दैन, म सरकारमा जान्न : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगन थापाले आगामी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्दा कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् । उनले आगामी सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारे । चुनाव परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दै गगनले संसदीय दलको चुनावपछि आगामी सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको बताए । तर, पार्टीको जानकारीबेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने उनको भनाइ छ ।

‘पछि गएर कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न । पार्टीको संसदीय दल र सम्बन्धित समितिमा छलफलबेगर त्यस्तो सहमति गरियो भने त्यो उहाँको व्यक्तिगत कुरा हुन्छ । त्यसको दायित्व पार्टीले बोक्दैन,’ थापाले भने । आगामी सरकारमा तपाईं सहभागी हुने कि नहुने भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘म संसदीय दलकै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको हुँ । अरुको नेतृत्वमा सरकारमा जाने प्रश्न आउँदैन । म आउँदो संसदीय दलको चुनावका लागि नै तयारी गर्छु ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...