सामाजिक सुरक्षा संचालन कार्यविधि सार्वजनिक, एनआरएनएद्धारा श्रमिकको सुरक्षाको माग



हाम्रो इकोनोमि

 

 

सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगार क्षेत्रको सामाजिक सुरक्षा संचालन कार्यविधि सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उक्त कार्यविधि सार्वजनिक गरेका हुन । औपचारिक क्षेत्रका श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ कार्यान्वयन भैरहेको सन्दर्भमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिहरुका लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ र वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ गत मंसिर २५ गते मन्त्रालयबाट स्वीकृत भएको थियो ।

स्वीकृत कार्यविधि अनुसार अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रामिकको २०।३७ प्रतिशत, वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेकाले न्यूनतम आधारभूत पारिश्रामिकको २१।३३ प्रतिशत वा त्यसको ३ गुणासम्म र नेपालमै स्वरोजगार रहेका व्यक्तिहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रामिकको ३१ प्रतिशत वा त्यसको ३ गुणासम्म मासिकरुपमा कोषमा योगदान गरी कार्यविधि बमोजिमको सुविधा उपभोग गर्न सकिने छ ।

मन्त्री कुँवरले कार्यविधि सार्वजनिक गर्दै बिभिन्न पेशा व्यवसायमा रहेका आम नागरिकहरुलाई सुरक्षित हुँदैछु भन्ने अनुभूति सामाजिक सुरक्षा कार्यक्रमले गराएको बताए । श्रमिकका समस्याहरुलाई समाधान गर्न मन्त्रालय र सामाजिक सुरक्षा कोष एकदमै गम्भीर भएर लागेको बताउदै उनले भने ‘वैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउने भनेर हामी पनि लागिरहेका छौ, यो क्षेत्रमा काम गर्ने सबैले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ र बुढेशकालमा हाम्रो सहारा राज्य छ भन्ने महसुस गराउन हामीले सक्नुपर्छ ।’

सामाजिक सुरक्षा कोषलाई सबैको पहुँचमा पु¥याउन देशैभर सम्पर्क कार्यालय स्थापना गर्ने तयारी भैरहेको जनाउदै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले भने – ‘सामाजिक सुरक्षा कार्यक्रमलाई स्वदेशमा मात्र होइन विदेशमा रोजगारी गरिरहेका तथा स्वरोजगार बनिरहेका नेपालीमाझ पु¥याउन एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबाट पनि उल्लेखनिय सहयोग भयो, यसको लागि कोषकोतर्फबाट म आभार प्रकट गर्न चाहन्छु ।’

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोष सुरु गर्दा कतिपय व्यवहारिक कठिनाई आएपनि अहिले त्यसमा सुधार हुदै आएकोमा खुसी व्यक्त गरे । ‘सामाजिक सुरक्षा योजना सूरुवात हुनु एकदमै राम्रो कुरा हो र आउने दिनमा यसमा रहेका अरु बाधा–व्यवधान पनि सुधार होस, कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिन चाहन्छु’ ढकालले भने ।

यस्तै गैरआवासिय नेपाली संघकी अध्यक्ष रविना थापाले सन् २०११ देखि वैदैशिक रोजगारमा गएका नेपालीहरुको सुरक्षाको माग गर्दै संघले आवाज उठाएकोमा अहिले त्यसले सार्थकता पाएकोमा खुसी व्यक्त गरिन । ‘बैदेशिक रोजगारमा मृत्यु भएका श्रमिकहहरुका घरपरिवारको पनि सुरक्षा हुनुपर्छ’ उनले भनिन ।

यस्तै श्रम सचिव एकनारायण अर्यालले श्रमिकहरुको हकअधिकार कानुनी रुपमा स्पष्ट भएको बताउदै सबै श्रमिकहरुमा कार्यविधिमा भएको फ्यासिलिटीहरुलाई उपभोग गर्ने कुराको सूचना पु¥याउनुपर्नेमा जोड दिए । उनले भने –‘सबै खालका मजदुरहरु यस योजनाबाट लाभान्वित हुने विश्वास लिएका छौ, हामीले निजामति कर्मचारीले भन्दा बढी राम्रो सेवा सुविधा श्रमिकहरुले पाउने व्यवस्थासहित कार्यविधि निर्माण गरेका छौ ।’

कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्तालाई औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु संचालनमा ल्याएको छ भने अनौपचारिक र स्वरोजगार क्षेत्रको कार्यविधि आगामि वैशाख १ बाट र वैदेशिक रोजगार क्षेत्रको कार्यविधि स्वीकृत भएको ९० औ दिनबाट प्रारम्भ हुने कार्यविधिमा उल्लेख छ ।

सामाजिक सुरक्षा योजनाको औपचारिक क्षेत्र हुदै अनौपचारिक क्षेत्र, स्वरोजगार र वैदेशिक रोजगारको क्षेत्रमा विस्तार गरि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैका लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास लिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...