नेकपा एमालेका अध्यक्ष ओली सम्मानित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । आज मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरबाटै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा ज्येष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले सम्मान गरेका हुन् ।

ओलीले झापा–५ बाट ५२ हजार ३१९ मत प्राप्त गरी प्रतिनिधि सभामा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए । कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सासदहरुलाई सामुहिक रुपमा अभिनन्दन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...