सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने बुद्धिजीवीको अडान



हाम्रो इकोनोमि

 

 

नेपाल बुद्धिजीवी परिषदले सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने अडान राखेको छ । परिषदले आज एक विज्ञप्ती जारी गर्दै अपराधको राजनीति रोक्न अध्यादेशलाई निस्तेज पार्नुपर्ने बताएको हो । विज्ञप्तीमा काम चलाउ सरकारले निर्वाचन सकिएको र संसद्को विधिवत् गठन भई नसकेको अवस्थामा देशमा दीर्घकालीन महत्त्वका र नीतिगत निर्णय लिने अधिकार नरहने उल्लेख गरेको छ ।

निर्वाचन र संसद् गठनका बिचको सङ्क्रमणकालीन अवस्थामा आफ्नै देशका र अन्तर्राष्ट्रिय जगतका फौजदारी कानुन र आचारहरू अदालतका फैसलालाई चुनौती दिँदै सरकारका तर्फबाट ‘केही मुद्दा फिर्ता लिन सकिने’ अध्यादेश ल्याएर त्यसका माध्यमबाट राजनीतिक गठजोडको लाभ लिन खोज्ने गठबन्धनमा सामेल दलहरू र त्यसका नेता नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा नेतृत्वको यो अन्तरिम सरकारको जति भर्त्सना गरे पनि नपुग्ने विज्ञप्तीमा उल्लेख छ । सत्तालोलुप उद्देश्यसाथ अपराधलाई राजनीतीकरण गर्न र समग्र राजनीतिलाई नै अपराधीकरण गर्नतर्फ हौस्याउने गरी आएको अध्यादेश देश, जनता तथा लोकतन्त्रको विरोधी भएको बुद्धिजीविको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...