फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै



हाम्रो इकोनोमि

 

 

 

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज सेमिफाइनलको दोस्रो खेल फ्रान्स र मोरक्कोबीच हुँदैछ । कतारको अल बेत रंगशालामा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुबै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ भने मोरक्को पहिलो पटक विश्वकपको फाइनल खेल्न चाहान्छ ।

फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो भने मोरक्कोले पोर्चुगललाई पराजित गरेर सेमिफाइनलमा पहिलो पटक स्थान बनाएको थियो । मोरक्को अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो देश समेत बनेको छ । यसअघि तीन पटक अफ्रिकी टोली क्वाटरफाइनलबाटै बाहिरिएका थिए । सन् १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घाना क्वाटरफाइनलमा पुगे पनि सेमिफाइनलको यात्रा तय गर्न असफल भएका थिए ।

आज राति हुने खेलमा फ्रान्सलाई हराएर अफ्रिकी राष्ट्र मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउने योजनामा छ । फ्रान्स र मोरक्कोबीच खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग भिड्न पाउने छ । अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ । अर्जेन्टिनाले ८ वर्ष पछि विश्वकपको फाइनलमा स्थान बनाएको छ । यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग हार बेहोरेपछि अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...