फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै



हाम्रो इकोनोमि

 

 

 

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज सेमिफाइनलको दोस्रो खेल फ्रान्स र मोरक्कोबीच हुँदैछ । कतारको अल बेत रंगशालामा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुबै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ भने मोरक्को पहिलो पटक विश्वकपको फाइनल खेल्न चाहान्छ ।

फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो भने मोरक्कोले पोर्चुगललाई पराजित गरेर सेमिफाइनलमा पहिलो पटक स्थान बनाएको थियो । मोरक्को अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो देश समेत बनेको छ । यसअघि तीन पटक अफ्रिकी टोली क्वाटरफाइनलबाटै बाहिरिएका थिए । सन् १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घाना क्वाटरफाइनलमा पुगे पनि सेमिफाइनलको यात्रा तय गर्न असफल भएका थिए ।

आज राति हुने खेलमा फ्रान्सलाई हराएर अफ्रिकी राष्ट्र मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउने योजनामा छ । फ्रान्स र मोरक्कोबीच खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग भिड्न पाउने छ । अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ । अर्जेन्टिनाले ८ वर्ष पछि विश्वकपको फाइनलमा स्थान बनाएको छ । यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग हार बेहोरेपछि अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...