अध्यादेश राष्ट्रपतिले फिर्ता पठाउनुपर्छ : कमल थापा



हाम्रो इकोनोमि

 

 

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै सरकारले ल्याएको विवादास्पद अध्यादेश पुनर्विचारको लागि राष्ट्रपतिले सरकारलाई नै फिर्ता पठाउनु पर्ने बताएका छन् । संविधानको संरक्षक भएकोले संविधान विपरित भएका कार्य रोक्नु राष्ट्रपतिको संवैधानिक अधिकार र जिम्मेवारी रहेको थापाले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै थापाले नयाँ संसद गठन भैसकेको अवस्थामा गम्भीर अपराधिक घटनाका अभियुक्त/अपराधीहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याएको विवादास्पद अध्यादेश पुनर्विचारको लागि राष्ट्रपतिले  फिर्ता पठाउनुपर्ने बताए ।

थापाले भनेका छन्ः

नयाँ संसद गठन भैसकेको अवस्थामा गम्भीर अपराधिक घटनाका अभियुक्त/अपराधीहरुलाई उन्मुक्ति दिनेगरी कामचलाउ सरकारले ल्याएको विवादास्पद अध्यादेश पुनर्विचारको निम्ति सरकारलाई नै राष्ट्रपतिले फिर्ता पठाउनुपर्छ । संविधानको संरक्षक भएकोले संविधान विपरित भएका कार्य रोक्नु राष्ट्रपतिको संवैधानिक दायित्व हो । संसदले पारित गरेको विधेयक संसदमा पुनर्विचारको निम्ति पठाउन सकिन्छ भने सरकारले ल्याएको अध्यादेश सरकारलाई पुनर्विचारको निम्ति राष्ट्रपतिले पठाउन सक्नुहुन्छ । यो राष्ट्रपतिको संवैधानिक अधिकार र जिम्मेवारी हो।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...