मकवानपुरमा चुनाव हारेपछि गठबन्धनमा भाडभैलो



 

 

निर्वाचन सकिन लाग्दा पार्टीले पार्टीलाई व्यक्तिले व्यक्तिलाई घात अन्तरघात गर्यो भन्ने कथाहरु बाहिर आउन थालेका छन् । गत ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभामा विभिन्न दलहरु एक आपसमा गठबन्धन गरेर र एकल रुपमा निर्वाचनमा गएका थिए । गठबन्धन गरेर निर्वाचनमा गएका दलहरुले निर्वाचन नसकिदै धोका भयो भनेर एक अर्काले सार्वजनिक रुपमा वक्तव्यवाजी नै गरे । यता, निर्वाचन हार्नेहरुले भने गठबन्धन र आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले सहयोग नगरेको र घात गरेको आरोप लगाउन थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले २७,८५१, नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय(डिना) २५६८३, कमल थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५४६०, टाका राज थापा, राष्ट्रिय स्वतन्त्र पार्टी, ७५९ पाएका थिए । यसको पछिल्लो घटना मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकी उम्मेदार महालक्ष्मी उपाध्यायले आफूले निर्वाचन हारेपछि पार्टीका सहकर्मीहरुले हराएको आरोप लगाउँदै राजधानीमा रहेका नेताका घर–घरमा पुग्न थालेकी छिन् ।

उनले गठबन्धन र नेपाली काँग्रेसको वागमती प्रेदशेअन्तगरका नेताहरुले नै चुनाव हराएको भन्दै अहिले राजधानीमा काँग्रेसका केन्द्रीय नेताहरुका घर–घरमा गएर गुनासो गर्ने गरेको नेपाली काँग्रेसका नेताले बताएका छन् । नेपाली काँग्रेसमा रहेका महिलामध्धे सबैभन्दा धेरै फाइदा लिनेमध्ये मर्ने डिना २०४८ सालमा पनि पार्टीबाट टिकट पाएर पराजय भएकी थिइन । त्यस्तै २०५१ सालको मध्यवधि निर्वाचनमा पनि सोहि स्थानबाट निर्वाचनमा उठेर पराजय भोगेकी थिइन । त्यसपछि २०६४ र २०७० मा भने उनलाई नै नेपाली काँग्रेसले समानुपातिकमा राखेर सांसद बनाएको थियो । नेपाली काँग्रेसबाट उनी उर्जा तथा जलस्रोत राज्यमन्त्री समेत भइसकेकी छिन् । तर,ययसन्दा पहिला पनि बारम्बार निर्वाचन हार्दा हार्दै पनि बारम्बार उनैले टिकट पाउनुका कारणले पनि उनको इतिहास दोहोरिएको हुन सक्छ । अर्को पार्टीले उम्मेदवार छनौट गर्दा एकै वडाका उम्मेदावर साथै एकै क्लस्टर(जात खस) का नेतालाई टिकिट दिँदा पनि यो पराजय भोगेको प्रति भने कसैले पनि ध्यान दिएका छैनन् ।

मकवानपुर धेरै जानजातिहरुको बसोबास गर्ने जिल्लामा पर्छ तर नेपाली काँग्रेसका मकवानपुर जिल्ला सभापति बुद्ध लामालाई टिकट नदिएर प्रदेश सभा १ (ख) डिना उपाध्यायकै क्षेत्रका सोहि क्लस्टर( खस जात) का आनन्दराम पराजुलीले १३ हजार ३६७ मत पाए । भने प्रतिनिधिसभामा उम्मेदवार बनेकी डिनाले सोहि निर्वाचन क्षेत्रबाट पराजुलीभन्दा ५ हजार मत कम ल्याउनु नै उनको अलोप्रियता भन्न सकिन्छ । यसमा नेपाली काँग्रेसले उम्मेदवार छनौट गर्दा ध्यान नदिएको प्रष्ट देखिन्छ ।

मकवानपुर जिल्लाको स्थानीय निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा पनि के देखिन्छ भने नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको मतको अन्तर स्पष्ट देख्न सकिन्छ । मकवानपुरको हेटौडा उपमहानगरपालिकाको प्रदेश १ ख अन्तरगत १२ वटा वडा रहेका छन् । जसको यसभन्दा पहिलाको स्थानीय निर्वाचनमा वडा नं २ बाट गठबन्धनका मेयर उम्मेदवारलाई ६४९ मत आएको छ भने एमालेले ५९३ मत पाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १६५४ मत पाएका थिए । त्यस्तै, २ देखि १५ वडामा नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा पाएको मत, प्रदेश सभा र प्रतिनिधिसभामा पाएको मत हेर्दा यहा पार्टी नै कमजोर देखिन्छ । चुनाव जित्नलाई पार्टीको संगठन बलियो वा निर्वाचनमा उठ्ने उम्मेदवारको व्यक्तित्व र उसले उक्त निर्वाचन क्षेत्रमा गरेको योगदानले महत्वपूर्ण भूमिका खेल्ने गरेको यस पटकको निर्वाचनको परिणामले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले