त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिनभर प्रभावित



 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले विमानस्थलमा आज दिनभर क्यालिब्रेसन उडान गर्ने विमानस्थल कार्यालयले जनाएको छ।

एरो थाइले ११ बजेबाट क्यालिब्रेसन उडान सुरू गरेको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार यो उडान बेलुका ५ बजेसम्म हुनेछ।

क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको विषयमा परीक्षण गर्नेछ।

यसअवधिमा हुने अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान प्रभावित हुने उनले बताए। ‘क्यालिब्रेसन उडान सुरू भएकाले टिआइबाट हुने आजको उडानमा केही ढिलाइ हुनेछ’ उनले भने, ‘यसका लागि विमानस्थलले सम्बन्धित वायुसेवाहरूलाई पहिले नै खबर गरिसकेका छौं।’ उनकाअनुसार आज अन्तर्राष्ट्रियतर्फ ७९ र आन्तरिकतर्फ २९६ वटा उडान अवतरण रहेको छ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्