समानुपातिकमा नेकपा एमालेले १० लाख मत कटायो



हाम्रो इकोनोमि

 

 

जारी मतगणनामा नेकपा एमालेले १० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्ष स्थानमा छ । समानुपातिक तर्फको मतगणनामा एमालले सुरुवातदेखि नै अग्रता लिइरहेको छ ।

एमालेले हालसम्म १० लाख मत कटाइसकेको छ । जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेले १० लाख ३३ हजार २२९ मत पाएको छ। यस्तै, नेपाली कांग्रेस ९ लाख ८९ हजार १ मतका साथ दोस्रो स्थानमा छ । ४ लाख ८८ हजार ६ सय ९७ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र ४ लाख ५२ हजार ६ सय ४८ मतसहित चौथो स्थानमा छ।

पाचौँमा २ लाख ६२ हजार ९ सय २४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने जनता समाजवादी पार्टी जसपा नेपालले १ लाख २९ हजार ६ सय ३३ मत ल्याउँदै छैठौँ नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...