समानुपातिकतर्फ १९ लाख मत गन्दा एमालेको ५ लाख, सवैभन्दा पुछारमा नेकपा एस (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ अत्यन्तै कम मत पाएको छ । निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म १८ लाख ९२ हजार ६ सय ३५ मत मरिणाम आउँदा सो दलले जम्मा ३१ हजार ८ सय २४ मत मात्रै पाएको छ ।

आयोगका अनुसार झण्डै १९ लाख मत गन्दा नेकपा एमाले ४ लाख ९८ हजार ४ सय २ मतसहित पहिलो दल बनेको छ भने नेपाली कांग्रेस ४ लाख ६३ हजार ९४१ मतसहित दोस्रो बनेको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ५७ हजार ६ सय ३२ मतसहित तेस्रो स्थानमा रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्र २ लाख २५ हजार ८३९ मतसहित चौथो, राप्रपा १ लाख ३५ हजार २४२ मतसहित पाँचौं र जनता समाजवादी पार्टी ५७ हजार १ सय १६ मतसहित छैटौं स्थानमा रहेको छ ।

सातौंमा ४७ हजार १३३ मतसहित नेमकिपा, आठौंमा ३२ हजार ९६२ मतसहित जनमत पार्टी नवौंमा ३२ हजार ७०३ मतसहित नागरिक उन्मुक्ति पार्टी रहेको छ भने माधव नेपालको नेकपा एस ३१ हजार ८२४ मतसहित दसौं स्थानमा परेको छ । यस्तै अन्य दलहरुले १ लाख ९ हजार ८४१ मत पाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...