एमालेका तारा लामाभन्दा बिना मगर दोब्बर मतले पछि



हाम्रो इकोनोमि

 

अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्री उम्मेदवार मगर दोब्बर मतले पछि परेकी हुन् ।

१५,७६३ मत गणना हुँदा सम्म एमालेका तामाङले ८०६८ मत पाएका छन् । माओवादीकी मगरको ४३६२ मत छ ।

अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् । बिनाले ३९ हजार २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए । अहिले उनका अघिल्लो पटकका प्रतिस्पर्धी सहयात्री भएर गठबन्धनमा उत्रिएका छन् भने अघिल्लो पटकको गठबन्धनको सहयात्री भएका तामाङ अहिले प्रतिस्पर्धी भएर मगरसँग जुधिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...