प्रचार प्रसार गर्न होइन, भोट हाल्न अछाम जाँदै रावल



हाम्रो इकोनोमि

 

 

एमाले नेता भीम रावल अहिले गृह जिल्ला अछाम जाँदै हुनुहुन्छ । पार्टीले अछाम १ बाट प्रतिनिधि सभाको टिकट नदिएपछि रुष्ट बनेका रावल भोट दिन अछाम जान लाग्नु भएको हो । उहाँ मौन अवधि सुरु हुने दिनै गृह जिल्ला जानु भएको छ । त्यस्तै उहाँले भन्नु भयो, ‘म प्रचार प्रसार गर्न होइन भोट हाल्न अछाम जाँदै छु ।’

हाल अछाम १ मा नेकपा एमालेले झपट बोहरालाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा बहालवाला श्रम तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर उम्मेदवार छन् ।

अघिल्लो पटक भीम रावल प्रतिनिधि सभामा निर्वाचित हुँदा हालका एमाले उम्मेदवार बोहरा प्रदेश सभामा विजयी भएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए भने नेकपा एसका हालका उम्मेदवार एमालेबाटै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...