आफू र आफ्नो सन्ततीको भविष्य सम्झेर सूर्य चिन्हमा मतदान गर्न एमाले अध्यक्ष ओलीको अपिल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते आफ्नो र छोराछोरीको भविष्य सम्झिएर मतदान गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै अध्यक्ष ओलीले अबको ५ वर्ष मुलुकलाई कसको हातमा सुम्पने भन्ने निर्क्योल गर्नुपर्ने बेला आएको बताएका छन् ।

उनले भनेका छन्, ‘भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईँको आफ्नै भविष्य र दोस्रो तपाईँका छोराछोरीको भविष्य ।’ उनले आफू झुटो नबोल्ने र सत्य नछोड्ने पनि बताएका छन् । ‘म झुटो बोल्दिँन, सत्य छोड्दिँन । तपाईँलाई थाहा छ म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ ।’

अध्यक्ष ओलीले अहिले देश केही व्यक्ति र समूहको स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको बताउँदै गठबन्धनको कुनै राष्ट्रिय उदेश्य नभएको र गठबन्धन रहिरहे मुलुक बर्बाद हुने जिकिर गरे । राष्ट्रियहित, स्वाधिनता, स्वाभिमानको रक्षा र स्थिर सरकारका लागि मंसिर ४ गते एमालेलाई मतदान गर्न पनि ओलीले अपिल गरेका छन् ।

 

उहाँले भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै भन्नुभयो,‘प्रिय मतदाता, अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकी मंसिर ४ गते तपाईले हाल्ने भोटले अबको ५ वर्ष कस्को हातमा देश सुम्पने भन्ने कुराको निर्क्यौल गर्नेछ । शेर बहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ! त्यसैले भोट हाल्नुअघि दुई भविष्य सम्झिनुहोला । तपाईको पहिलो आफ्नै भविष्य र दोस्रो तपाईका छोराछोरीको भविष्य ! प्रिय मतदाता, म झुटो बोल्दिन, सत्य छोड्दिन । तपाईलाई थाहा छ, म पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ । अहिले देश केही व्यक्ति र समूहको नीजि स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाईरहेको छ । जसको कुनै राष्ट्रिय उदेश्य नै छैन । यहि गठबन्धन रहिरहे मुलुक बर्बाद हुनेछ । तपाई र तपाईका छोराछोरीको भविष्यसमेत बर्बाद हुनेछ । त्यसैले आज म यस सन्देशमार्फत तपाईसँग भोट माग्दैछु । तर मैले मागेको भोट एमालेको जितको लागि होइन, म तपाई र तपाईका सन्तानको सुखका लागि, राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु । यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले सूर्य चिन्हमा मतदान गर्नुहोस् । धन्यबाद !’

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...