पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले भनिन् भोट ईश्वर पोखरेललाई नै दिने हो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पहिलो नेपाली महिला चालक लक्ष्मी शर्माले जितको शुभकामना दिएकी छन् । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेल प्रचारप्रसारका क्रममा शर्माको निवासमा पुगेका थिए ।

बसुन्धरास्थित शर्माको निवासमा पुगेका पोखरेललाई उनले स्वागत गरेकी थिइन् । शर्माले नेकपा एमालेको प्रशंसा गर्दै पोखरेललाई जितको शुभकामना प्रदान गरेकी हुन् । शर्माले पोखरेललाई पहिलो लोकप्रिय कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको उत्तराधिकारी भएर जनताको पक्षमा काम गर्ने सुझावसमेत दिइन् ।

 

‘मलाई एमाले र सूर्य चिन्ह भन्ने वित्तिकै मनमोहन (अधिकारी) वुवाको याद आउँछ, यस्तो असल इतिहास बोकेको पार्टी पो हो त एमाले त, बरु कति ओटा मतपत्र हुन्छन् अहिले साँच्चै ?’ उनले भनिन् । करिब ७४ वर्ष पुगेकी लक्ष्मीले पोखरेललाई भनिन्, ‘म जहाँ जहाँ सूर्य देख्छु त्यही भोट हाल्छु । मैले भनेर मान्ने सय डेढसय भोट होला । मैले बोलेको खण्डमा भोट झर्ने सबैलाई म सम्झाउँछु । उहाँहरुको वान हन्ड्रेड प्रसेन्ट भोट एमालेमा झर्छ, चिन्ता नगर्नु ।’
लक्ष्मीले आफ्नो अघात आस्था रहेको भन्दै आफूले एमालेलाई चिन्ने, सूर्यलाई चिन्ने बताइन् ।

त्यस्तै, गत निर्वाचन आफ्नै जेठी छोरी राप्रपाबाट निर्वाचन लडे पनि आफूले भने सूर्यमा नै घोट होलेको पनि शर्माले उल्लेख गरिन् । हालको सत्तारुढ गठबन्धनलाई जनतालाई नरुचाएको दाबी गर्दै एमालेको अहिले धेरै भोट झर्ने शर्माले विश्वाससमेत व्यक्त गरिन् ।

 

 

लक्ष्मी २०३८ सालमै सार्वजनिक यातायात चालक बनेर चर्चामा आएकी अगुवा हुन । १३ वर्षको कलिलो उमेरमा वैवाहिक सम्वन्धमा बाँधिएकी शर्मालाई श्रीमानले चरम मानसिक र शारीरिक यातना दिएपछि आफैंले केही गर्नुपर्छ भन्ने भावनाका साथ संघर्ष प्रारम्भ गरकी थिइन् । २०३८ सालमा उनले सापटी पैसा लिएर टेम्पो किनेर जमलदेखि महाराजगन्जसम्म आफैं हाँक्थिन ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...