राजन भट्टराई र तेज ढकालको प्रचारमा पुण्य गौतम



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालको चुनावी प्रचारमा अभियन्ता पुन्य गौतम सहभागी बनेका छन । काठमाण्डौ महानगरपालिका वडा नं १ मा भएको चुनावी घरदैलोमा सहभागी बन्दै गौतमले डा भट्टराई र ढकालको पक्षमा मत मागेका थिए । नेपालको राजनीति र देशको समृद्धिको अभियानमा नेकपा एमालेको प्रमुख र निर्णायक भूमिका रहेको भन्दै उनले काठमाण्डौ क्षेत्र नं ४ को विकासमा डा राजन भट्टराईले खेलेको भूमिका सम्झेर मतदान गर्न स्थानीयहरुलाई आग्रह गरेका थिए।

 

 

तिन हजार ८ सय ४६ मतदाता रहेको काठमाण्डौ महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा नेकपा एमालेका उम्मेदवारहरु सहित पुगेका गौतमले क्षेत्र नं ४ मा ड भट्टराईलाई जिताएर देशको निर्णायक स्थानमा पुर्याउन मंगसिर ४ गते सुर्यमा मतदान गर्न आग्रह समेत गरेका थिए ।

 

 

त्यसैगरी काठमाण्डौ महानगरपालिका वडा नं ७ मा पनि प्रतिनिधि सभा सदस्य उम्मेदवार डा राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालको चुनावी प्रचारमा जनता सडकमा उत्रिएका थिए । बडा नम्बर ७ को घरदैलो कार्यक्ममा राजन भट्टराई र तेज प्रसाद ढकाल जिताउन जनता सडकमा आएर आफै चुनावी कार्यक्रममा भाग लिएका थिए । ७ नम्बरका जनता यसपाली एमाले ले नै चुनाब जित्ने कुरामा ढुक्क थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...