बूढानीलकण्ठ १३ वडाको चुनिखेलमा राजन भट्टराईको भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बूढानीलकण्ठ १३ वडा पार्टी कमिटीद्वारा आयोजित  घरदैलो कार्यक्रममा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र ४(२) प्रदेशसभा सदस्यका उम्मेद्वार जयराम थापाको स्वागतमा चुनिखेलका चोक, भित्रि सडक र गल्लीहरु सजाईएको छ ।

उम्मेद्वारद्वय डा. भट्टराई र थापा चुनिखेलवासीको घरदैलोमा पुग्दा जनताले अपार माया, उत्साह र सहभागिता जनाएका थिए । स्थानीयवासीको साथले उत्साहित बनेका डा. राजन भट्टराईले चुनिखेलले आगामी निर्वाचनमा ऐतिहासिक भूमिका निर्वाह गर्ने दावी समेत गरेका छन् ।

घरदैलो अभियानमा बूढानीलकण्ठ १३ का स्थानीयहरुको न्यानो स्वागत र सक्रिय सहभागिता रहेकोले आगामी मंसिर ४ को निर्वाचनमा चुनिखेलवासीले नेकपा एमालेलाई ठूलो मतान्तरले लिड गराउने नेकपा एमाले बूढानीलकण्ठ सचिव एवम् पूर्व वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...