दीपक निरौलाको प्रयास : पूर्वाधार विकास देखि पर्यटन पदयात्रा सम्म



हाम्रो इकोनोमि

 

 

२०७४ सालको प्रदेस सभा सदस्य निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित भएका दीपक निरौला त्यस बेला जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर कमिटीको संयोजक रहेका थिए। पाँच वर्षको समयमा प्रदेस सभामा शशक्त भूमिका निर्वाह गरेका निरौला हाल नेकपा एमालेको काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष रहेका छन। बागमती प्रदेस सभामा नेकपा एमालेको सचेतक,प्रमुख  सचेतक हुदै मुख्य सचेतक बनेका थिए।

बागमती प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार रहेको समयमा शक्तिशाली सांसद बनेका निरौलाले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासमा अरबौ बजेट ल्याएका थिए।

५ वर्षको समयमा एक दर्जन पुल, निर्वाचन क्षेत्रका तिन स्थानीय तह जोड्ने सडक पूर्वाधार र क्षेत्रको प्रवर्धनका लागि अभियान संचालन गर्ने घोषणा गर्दै पहिलो कार्यकाल सुरु गरेका निरौलाको नेतृत्वमा क्षेत्रको मुहार नै फेरिएको नेकपा एमाले बुढानिलकण्ठ -४ की अध्यक्ष कमला पन्त बताउछिन।

काठमाण्डौ क्षेत्र नं ५ (२ ) को प्रकृति र संस्कृतिको प्रवर्धनका लागि आठ चरण सम्म पर्यटन प्रवर्धन यात्रा आयोजना गरेका निरौलाले वडा नं ३ र ५ को सिमानामा आइतवारे पार्क निर्माणको सुरुवात समेत गरेका छन। विष्णुद्वार र बुढानिलकण्ठ मन्दिर नजिक रहेको सो पार्क र जाम्चेन गुम्बाको प्रवर्धनका कारण चिसेनी क्षेत्र अहिले पर्यटनको केन्द्र बनेको स्थानीयहरुले बताए।

टोखामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई बागमती प्रदेस स्तरीय अस्पतालमा स्त्तरनोत्ति गर्ने अभियानको नेतृत्व गरेका निरौलाको पहलमा तामाङ संग्रहालय निर्माणको प्रक्रिया अगाडी बढेको बताउदै नेकपा एमाले नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले यस विचमा दर्जनौ श्रम सिविरहरु समेत आयोजना गरेको जानकारी दिएका छन।

सुशासन र समृद्धिका लागि संचार अभियान मार्फत युवाहरु माझ पुगेका निरौलाको पहल र प्रयासमा धेरै सार्वजनिक जग्गा संरक्षण गर्दै पार्कहरु निर्माण भएको बताउदै अध्यक्ष डंगोलले आगामी दिनमा जनताको साथ पाएमा अधुरा कामहरुलाई पुरा गर्न प्रतिवद्द भएर लाग्ने विचार ब्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...