देउवाले चुच्चे नक्सालाई बुच्चे बनाएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचन लडाई पनि भएको बताएका छन् । विभिन्न दलबाट एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले आर्थिक विकास र समृद्धि तथा सुशासनका लागि एमालेले चुनाब जित्नुपर्ने बताए । रोजगारीको प्रसंग उल्लेख गर्दै पोखरेलले भने–यदी यो देशमा युवाहरुले रोजगारी प्राप्त गर्न पाएनन् भने यो देश सकिन्छ । “युवाहरु उत्पादनमुखी काममा लाग्नुपर्छ ।

रोजगारीका लागि उद्योगधन्दा खोल्नुपर्छ ।” एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सातै वटा प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भएको पोखरेलले स्मरण गराए । त्यसैगरी पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरेर तराई–मधेशका २० वटा जिल्लाका सदरमुकाममा सडक सञ्जाल पुर्याउने निर्णय गरेको पोखरेलले बताए । दैलेखमा ग्यास खानी उत्खनन्का लागि चिनियाँ विशेषज्ञ ल्याएर अध्ययन सुरु गरेको, नवलपरासीमा फलाम उत्पादनको काम सुरु भएको पनि पोखरेलले बताए । “एकै दिनमा १४ सय रणनीतिक महत्वका सडक शिलान्यास भयो । एकैदिनमा ३९६ वटा अस्पताल निर्माणको काम सुरु भयो । यो एमालेका नेता ओलीले गरेको हो । उहाँसँग देश बनाउने सपना छ ।” उनले भने । सुकुम्बासी समस्या समाधान गर्नका लागि एमाले सरकारले नै भूमि आयोग बनाएको तर गठबन्धनले बेकामे बनाएर थन्क्याएको पोखरेलले बताए । अब एमालेको सरकार बनेपछि भूमि आयोगको काम अघि बढाउने पोखरेलको प्रतिबद्धता छ । अहिले गठबन्धन सरकारले केही काम गर्न नसकेको पोखरेलको आरोप छ । ओली प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले त्यसबेला सिङ्गो मुलुकलाई एकढिक्का बनाउने काम भएको बताए । तर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा मेटाएर बुच्चे नक्सा बनाएको भन्दै निन्दा र भत्र्सना गरे ।

गठबन्धनका नेताहरुले चुच्चे नक्सा मेटेर देशद्रोही काम गरेको पोखरेलको आरोप छ । “हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो । अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो ।” पोखरेलले भने । पोखरेलले नागरिकता सम्बन्धमा बिचार नपुर्याउने हो भने देश सिक्किम बन्न सक्ने बताए । “उत्तरतिर चीन र दक्षिणतिर भारतले घेरेको छ । ति देशबाट दैनिक नेपाल आउने मान्छेलाई नागरिकता वितरण गर्न थालियो भने यो देश सिक्किम बन्छ । त्यसैले नागरिकता वितरणको कुरालाई ख्यालठट्टा गर्नुहुँदैन ।” उनले भने । एमालेले छिमेकीसँग झगडा नगर्ने तर देशको स्वाधिनता र स्वतन्त्रता अलिकति पनि कमजोर हुन नदिने अडान रहेको स्पष्ट पारे । देश बचाउनका लागि आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्नुपर्ने बताए ।

काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न दलका नेता तथा कार्यकर्ता आज नेकपा एमालेका प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा गत वैशाखमा राप्रपाबाट २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका केशब डंगोल, गत वैशाखको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका लुच्छे महर्जन, नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उमेदवार बनेका दिनेश प्रधान, नेपाली कांग्रेसका क्रियाशिल सदस्य रमेश प्रजापति, आशिष महर्जन रहेका छन् । त्यसैगरी राप्रपाका स्थानीय नेता विनोद राई, सानु लामा पनि एमाले प्रवेश गरेका छन् । माओवादीका नेता प्रभाग मगर, राज गौतम, आलेक मगर, रुसल श्रेष्ठ, कुशल बगजाईं, अंकित चौलागाईं, आंश्विन क्षेत्री, राम भुसाल, इशान कार्की एमाले प्रवेश गरेका छन् । त्यसैगरी जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय, विमला पाण्डे पनि एमालेमा सामेल भएका छन् । त्यस क्षेत्रका युवाहरु सबल प्रजापति, नारायण महर्जन र सोनु तामाङ पनि एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले टिका लगाएर प्रवेश गराएका हुन् । प्रदेशसभा सदस्यका उम्मेदवार सिलवालले मुलुकको अग्रगतिका लागि एमाले सधैँ अग्रसर रहेको बताए । २०७४ सालको निर्वाचनमा आफू निर्वाचित भएपछि विकास निर्माण र सम्पदा संरक्षणका क्षेत्रमा उल्लेख्य काम गरेको सिलवालले स्मरण गराए । आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने अभियानमा अघि बढेको सिलवालको भनाई छ । सूर्य चिन्हमा मतदान गरेर एमालेलाई विजयी गराउने अभियानमा लाग्न सिलवालले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...