काठमाडौं महानगर ८ मा एमालेको उत्साहजन घरदैलो



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिका वडा नं. ८ मा नेकपा एमालेको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको छ । वडा पार्टी कमिटीद्वारा आयाजित घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४(१) का प्रदेश सभा उम्मेद्वार तेजप्रसाद ढकाललाई स्थानीयले आफ्नो घर आँगनमा पाउँदा आफ्ना समस्या तथा गुनासाहरु राख्नुका साथै विजयको लागि अग्रिम शुभकामना दिएका थिए ।

कामपा ८ को विहानी घरदैलो कार्यक्रममा विहान ७ बजे सिफलचौरबाट सुरु भई नवालीटोल, प्यूटोल, पाचर, बालकुमारी, इट्टाटोल, फूलपसलमा कोणसभा गरि टुङ्गिएको थियो । दिउँसो २ः३० बाट फेरी सुरु गरिएको घरदैलो पिंगलास्थान, सिटु, तिलगंगामा पुगेर समापन भएको नेकपा एमाले वडा कमिटी सचिव आशा पाण्डेले  बताईन् ।

 

फोटोमा काठमाडौं महानगर ८ को घरदैलो :

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...