चुनावी फण्डाबाट मतदाता प्रभावित हुनुहुँदैन : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् ।
सोमबार बिहान पोखरेल वडा नम्बर ४ का मतदातासँग मत मागिरहेका भेटिए । स्थानीयहरुले उनलाई सम्मानसहित भोट दिने प्रतिबद्वता व्यक्त गरिरहेका थिए । यस क्षेत्रका मतदाताहरु यसअघि पोखरेलले गरेका कामहरुबाट सन्तुष्ट रहेका पाइयो ।

बाँकी रहेका कामहरु पूरा गर्नका लागि पनि उनीहरुले पोखरेललाई स्मरण गराउँदै थिए । स्थानीय रामकुमार राजोपाध्यायले ईश्वर पोखरेललाई बाहेक अन्यलाई यसअघि पनि मत नदिएको र अब पनि ईश्वर पोखरेललाई नै दिने बताए । ‘आजसम्म उहाँलाई नै भोट हाल्दै आएको र यो पटक पनि उहाँलाई नै दिने हो’– उनले भने ।

स्थानीयले पोखरेललाई केही सुझाव पनि दिइरहेका थिए । ‘देश विकासको एजेण्डा बोकेको पार्टी एमाले मात्रै हो । यो कुरा सबैलाई थाहा भइसकेको छ । यो कुरा युवाहरुलाई पनि बुझाउनुपर्ने आवश्यकता छ । यहाँले जितरे आएपछि युवाहरुले विशेष कार्यक्रम ल्याएर अगाडि बढ्नुहोला, जीतको शुभकामना !’ एक स्थानीयले पोखरेललाई भने ।  पोखरेलले मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने वचनबद्वता व्यक्त गरे ।

अन्य उम्मेदवारहरुबाट यहाँका स्थानीयलाई खासै वास्ता छैन । ‘भोट माग्न त अरु पनि धेरै आउनुहुन्छ हुन्छ, हाल्छौँ भन्नुपरिहाल्यो । तर कसलाई हाल्ने भन्ने त हाम्रो इच्छा हो नि त ! हामी ९ जना परिवारका सदस्य छौँ । हामी सबैले ईश्वर सरलाई नै भोट हाल्ने निर्णय गरिसकेका छौँ,’– किराना पसल गरेर बसेका एक स्थानीयले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रहरुले सिर्जना गर्ने फण्डाबाट प्रभावित नहुन मतदाताहरुलाई आग्रह गरिरहेका थिए ।  कसले के भन्छ भन्दा पनि जनतासमक्ष कसरी चिनिएका छौँ भन्ने मुख्य कुरा भएको बताउँदै उनले भने– हामी जे हौँ जनता समक्ष खुलस्त छौँ । जनताको पक्षमा काम गर्न क्रियाशिल छौँ । यस्ता चुनावी फण्डाबाट जनता प्रभावित हुनुहुँदैन् ।’
आफ्नो एमालेको काम जनताले देखेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावमा जनताले कामका आधारमा मूल्यांकन गर्ने बताए । पोखरेलले आफू मात्रै नभई एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने काम आजसम्म नगरेको र अब पनि नगर्नेमा ढुक्क हुन मतदाताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...