संविधान मास्ने काम शेरबहादुरकै नेतृत्वमा भयो : ओली



हाम्रो इकोनोमि

 

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको नेकपा एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । पोखरामा सोमबार आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा बोल्दै ओलीले प्रचण्डले जनादेशको अनादर गरेर आफूहरूको प्रतिबद्धता च्यातेपछि संसद् विघटन गरिएको बताएका हुन् ।

‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ । प्रचण्डले त्यसलाई लत्त्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो,’ उनले भने । अदालतमा पुगेर मुद्दा हालेर सरकार खोस्ने, बनाउने काम गरेर शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले नै संविधान मास्ने काम गरेको उनको आरोप छ ।

‘मलाई संविधान मासेको आरोप लगाइएको छ । तर संविधान मास्ने काम शेरबहादुरजीकै नेतृत्वमा भयो,’ उनले भने । पाँच दलीय गठबन्धन विदेशी शक्तिसँग झुकेर ‘ज्यू, हजुर, प्रभु’ गर्दै बसिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...