संविधान मास्ने काम शेरबहादुरकै नेतृत्वमा भयो : ओली



हाम्रो इकोनोमि

 

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको नेकपा एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । पोखरामा सोमबार आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा बोल्दै ओलीले प्रचण्डले जनादेशको अनादर गरेर आफूहरूको प्रतिबद्धता च्यातेपछि संसद् विघटन गरिएको बताएका हुन् ।

‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ । प्रचण्डले त्यसलाई लत्त्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो,’ उनले भने । अदालतमा पुगेर मुद्दा हालेर सरकार खोस्ने, बनाउने काम गरेर शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले नै संविधान मास्ने काम गरेको उनको आरोप छ ।

‘मलाई संविधान मासेको आरोप लगाइएको छ । तर संविधान मास्ने काम शेरबहादुरजीकै नेतृत्वमा भयो,’ उनले भने । पाँच दलीय गठबन्धन विदेशी शक्तिसँग झुकेर ‘ज्यू, हजुर, प्रभु’ गर्दै बसिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...