म काठमाण्डौ क्षेत्र नं १ (२ ) का हरेक समस्याको समाधान हु : गणेश प्रसाद दुलाल



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ क्षेत्र नं १ (२ ) मा नेकपा एमालेका तर्फबाट प्रदेस सभा सदस्य उम्मेदवार रहेका गणेश प्रसाद दुलालले क्षेत्रका हरेक समस्याको समाधान आफु रहेको बताएका छन । कार्तिक २० गते भएको पत्रकार भेटघाटमा बोल्दै निवर्तमान प्रदेस सभा सदस्य समेत रहेका दुलालले क्षेत्रका जनताको व्यक्तिगत देखि सामाजिक र राजनीतिक समस्याहरुको समाधानमा आफु सधै सक्रिय रहेको बताउदै सानोतिनो समस्या पर्दा समेत जनताले आफुलाई सम्झिने बताएका हुन् ।

काठमाण्डौ महानगरपालिका वडा नं ३१ मात्र निर्वाचन क्षेत्र रहेको काठमाण्डौ १(२ ) मा ढल विग्रिंदा होस् कि घरेलु समस्या पर्दा होस् आफुलाई सम्झिने गरेको स्मरण गर्दै उनले जनताको साथमा रहेर उनीहरुको दुख सुखमा साथी बन्न पाउदा निकै खुसि र गौरव लाग्ने गरेको धारणा राखेका छन । काठमाण्डौ क्षेत्र नं १ (२ ) मा बागमती कोरिडोरको अव्यवस्थित बस्तिको व्यवस्थापन , स्पोर्ट्स एकेडेमी निर्माण ,सार्वजनिक जग्गाको संरक्षण र बागमतीको सौन्दर्यिकरण आफ्नो प्रमुख मुद्दा रहेको जानकारी दिदै दुलालले सहयोगका लागि क्षेत्र वासी हरु संग आग्रह समेत गरेका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ३१ मात्र रहेको   क्षेत्र नं १  ( २  ) मा स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले  बलियो देखिएको छ। निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार यस प्रदेस सभा क्षेत्रमा नेकपा एमालेका   वडा अध्यक्ष उम्मेदवारले ४७६७  मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका   वडा अध्यक्ष उम्मेदवारले २९९१  मत प्राप्त गरेका छन । यस प्रदेस सभा क्षेत्रमा  नेकपा एमाले नेपाली कांग्रेस भन्दा  १७७६ मतले अगाडी रहेको छ।

यस प्रदेस सभा निर्वाचन क्षेत्रमा राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले  ५८५  मत प्राप्त गरेका छन भने  नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६४६ मत प्राप्त गरेका छन । २०७४ सालको निर्वाचनमा यस प्रदे सभा क्षेत्रबाट नेकपा एमालेका गणेशदत्त दुलाल ४२४२ मत सहित विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुरज चन्द्र लामिछानेले ४२२३ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...