सेतोपाटीलाई प्रेस काउन्सिलले काट्यो २४ घण्टे पत्र



हाम्रो इकोनोमि

 

 

प्रेस काउन्सिल नेपालले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न सेतोपाटी डट कमलाई आइतवार २४ घण्टे स्पष्टीकरण सोधेको छ । झापा १ का उम्मेदवार अग्नी खरेलको छोराको विषयमा लेखिएको उक्त समाचार तत्काल हटाउन र कानुन बमोजिम कारवाही समेत गर्नका लागि शनिवार निर्वाचन आयोगले समेत उक्त अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, आयोगलाई मिडियाको कन्टेट हटाउने र पत्र काट्ने अधिकार नभएको भन्दै उक्त निर्णय विवादमा परेको थियो । काउन्सिलले भने चुनावको स्वअनुगमनमै उक्त समाचार परेको र थप कारवाहीका लागि भन्दै पहिले त्यस्तो समाचार प्रकासन गर्नुको कारण मागेको हो ।

निर्वाचनमा भाग लिएका कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनको सम्मुखमा नकरात्मक प्रभाव पार्ने किसिमको सामाग्री के कसरी सम्प्रेषण हुन गएको हो ?, काउन्सिलले पठाएको पत्रमा उल्लेख छ । सेतोपाटीले केही दिन अघि खरेलको छोरा अमेरिकी आर्मीमा जागिर रहेको र त्यहीँको नागरिकता रहेको सन्दर्भ राख्दै समाचार प्रकासन गरेको थियो । नातेदार वा नजिकका आफन्तको नाम असान्दर्भिक रुपमा जोडेर समाचार लेख्न नहुने भन्ने आचारसंहिताको प्रावधान उल्लेख गर्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।

काउन्सिलले गर्नुपर्ने काम आयोग स्वयंले गरेको भन्दै पत्रकार महासंघ र मिडिया जगतबाट व्यापक विरोध भएपछि आयोग पछि हटिसकेको छ । यसअघि काउन्सिलले विभिन्न पत्रपत्रिका, अनलाइनसहितका सञ्चारमाध्यमलाई पत्र लेख्ने काम गरिसकेको छ । सुरुमा सेना, पुलिससहितको संरचना बनाएर मिडियाको अनुगमन आफै गर्न थालेपछि काउन्सिल र पत्रकार महासंघले ब्यापक विरोध गरेका थिए । उक्त विरोधपछि आयोग आफैले मिडियाको अनुगमन गर्ने, कारवाही गर्ने काम काउन्सिलको हुने उल्लेख गर्दै एक महिना अघि पत्राचाार समेत गरेको थियो । त्यसविपरित आफै मिडियाको कन्टेन्ट हेर्ने प्रयास गरेपछि विवाद बढेको हो । निर्वाचन आयोगले अनावश्यक काममा हात हालेर मिडिया जगतलाई चिढ्याउने काम मात्र गर्र्यो । आयोगभित्र मिडिया बुझ्ने धेरै विज्ञहरु रहेछन्, जसले विवादास्पद काम मात्र गरे । निर्वाचनका बेला मिडिया जगतलाई चलाउने र वातावरण खल्बल्याउने काम मात्र गरे, प्रेस काउन्सिलका एक सदस्यले व्यंग्य गर्दै भने ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...