नेकपा एसका अध्यक्ष नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

दोलखाको जिरी नगरपालिका एमालेमय भएको छ । जिरीमा लामो समय कम्युनिष्ट राजनीति गरेका शैलेन्द्र कुमार खड्का एमाले पार्टीमै फर्किएसँगै एमालेमय बनेको हो । उनी २०५४ को स्थानीय निर्वाचनमा जिरी गाविसको अध्यक्ष निर्वाचत हुनुभएको थियो ।

नेकपा एमाले दोलखाले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लक्षित गरेर चुनावी अभियानलाई तीव्र वनाएको छ । यसै अभियानका क्रममा जिरीमा भएको चुनावी कार्यक्रममा खड्का एमाले प्रवेश गर्नुभएको हो । एमालेमा प्रवेश गर्दै उहाँले समाजवादी पार्टी कम्युनिष्ट नभएको बताउनु भयो ।

एमालेले आयोजना गरेको चुनावी सभामा नेपाली कांग्रेस तथा समाजवादी छाडेर ५ दर्जनबढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । समाजवादीबाट मोहन कुमारी खड्का, प्रज्वल खड्का परशुराम दहाल तथा नेपाली कांग्रेसबाट पुराना कांग्रेसका नेता इन्द्रबहादुर नेपालीसहित दर्जनौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिनुभयो ।

जिरी नगरपालिकाको वडा नं ३ को हाँडिखोलामा आइतबार विहान भएको कार्यक्रममा एमाले दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार वालकृष्ण शिवाकोटी, प्रदेश क उम्मेदवार नरबहादुर श्रेष्ठ, प्रदेश समानुपातिक उम्मेदवार उर्मिला सुनुवार, एमाले लेखा आयोग सदस्य शान्ती पाख्रिन, प्रदेश निर्वाचन परिचालन कमिटि क का संयोजक इश्वरचन्द्र पोखरेल लगायतले आफ्नो भनाइ राख्दै समुन्नत जिरी निर्माणका लागि एमालेलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...