५ का जनता भन्छन्– ईश्वर पोखरेलका कारण हरेक टोल उज्यालो भएको छ



हाम्रो इकोनोमि

 

 

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त छन् । यसअघि पनि काठमाडौं क्षेत्र ५ कै प्रतिनिधि रहेका पोखरेल फेरि पनि प्रतिनिधि बनेर आउनुपर्ने अधिंकाशको इच्छा छ । पोखरेलका प्रमुख प्रतिद्वन्दी बनेर आएका गठबन्धनका उम्मेदवार स्थानीय होइनन् । उनलाई स्थानीय जनताले चिन्दा पनि चिन्दैनन् । सोहीकारण पनि काठमाडौं क्षेत्र नम्बर ५ मै थातथलो भएका पोखरेलको विकल्प मतदाताले देखेका छैनन् । यस क्षेत्रका जनता परिवेश चिनेको नेता आवश्यक ठान्छन्, जसका लागि पोखरेल नै उपयुक्त छन् ।

यसअघि पोखरेलले जितेपछि आफ्नो स्थानमा धेरै नै परिवर्तन आएको टोखा नगरपालिका वडा नम्बर ३ का एक स्थानीय बताउँछन् । ‘उहाँ जितेर आएपछि हाम्रो टोल नै उज्यालो भएको छ । अब पनि उहाँ नै हाम्रो प्रतिनिधि भएर आउनुपर्छ’– उनले भने । पोखरेलको कामबाट आफूहरु सन्तुष्ट रहेको यस क्षेत्रका स्थानीयहरु बताउँछन् । बाटो, विद्यालय, अस्पतालको निर्माण तथा स्तरोन्नति जस्ता अधिकांश कार्य पोखरेलको यसअघिको कार्यकालमा यस क्षेत्रमा भएको छ ।
‘उहाँले जितेर आएपछि सडक पनि धेरै राम्रो र सहज भएको छ । विशेषगरी पहिला यो क्षेत्रका भित्री सडकहरुमा साँझ परेपछि महिलाहरुलाई एक्लै हिँड्न डर लाग्नेस्थिति थियो । तर अहिले उहाँको कार्यकालमा सडकमा बत्ती, सीसी क्यामेरा राखिएको छ । जसले गर्दा निर्धक्क भएर रातको १२ बजेपनि हिँडन सक्ने अवस्था बनेको छ’– अर्का एक स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...