मेची बगरको मैले झुलाघाटको पुल देखें, नजिकैका देउवाले त्यो पनि देखेनन् : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिनुभएको छ । आज बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री देउवामाथि तिखो प्रहार गर्नुभयो । ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको आरोप लगाउनुभयो ।

उहाँले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताउनुभयो । त्यसको जिम्मा एमाले र आफूले लिने उहाँले बताउनुभयो । उहाँले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको बताउनुभयो । ओलीले बैतडीमा पहिले पनि आफू आएको भन्दै विभिन्न विकासका आश्वासनसहित विश्वास बाँढ्नुुभयो ।

उहाँले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूला–ठूला विकास गरेको दाबी गर्नुभयो । उहाँले विकास गर्न पनि एमाले नै चाहिने बताउनुभयो । ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ,’ ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...