मेची बगरको मैले झुलाघाटको पुल देखें, नजिकैका देउवाले त्यो पनि देखेनन् : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिनुभएको छ । आज बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री देउवामाथि तिखो प्रहार गर्नुभयो । ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको आरोप लगाउनुभयो ।

उहाँले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताउनुभयो । त्यसको जिम्मा एमाले र आफूले लिने उहाँले बताउनुभयो । उहाँले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको बताउनुभयो । ओलीले बैतडीमा पहिले पनि आफू आएको भन्दै विभिन्न विकासका आश्वासनसहित विश्वास बाँढ्नुुभयो ।

उहाँले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूला–ठूला विकास गरेको दाबी गर्नुभयो । उहाँले विकास गर्न पनि एमाले नै चाहिने बताउनुभयो । ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ,’ ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...