थाहा फोटो प्रर्दशनि ०७९ कोे पहिलो दिन ३ हजारद्धारा अवलोकन



हाम्रो इकोनोमि

 

 

आजबाट काठमाडौँकोे बसन्तपुर काल भैरव डबलीमा मा शुरु भएको थाहा फोटो प्रर्दशनि ०७९ को पहिलो दिन करिब ३ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्धघाटन गर्नु भएको प्रर्दशनि साझँ ५ बजेसम्म चलेको थियो ।

मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताउनुभयो । थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले थाहा नगरलाई चिनाउन प्राकृतिक सुन्दरता, ऐतिहाँसिक संरचना, सभ्यता र संस्कृति, जीवनशैली, स्वच्छ र सफा वातावरणका तस्विरहरु राखिएकोे बताउनुभयो । प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु रहका छन् । नेपाल पर्यटन बोर्डले प्रबर्धन गरेको फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोचले गरेको छ ।

संयोजक ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटनमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, राष्ट्रिय सभाका पूर्व सांसद रामनारायण बिडारी लगायतको सहभागिता थियो । प्रर्दशनि कात्तिक २० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने छ । कार्यक्रमम स्थलमा फोटोबारे जानकारी दिन सूचना केन्द्र र स्वयम्सेवकहरुको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...