गगन थापाको वडाबाट राजन भट्टराईको घरदैलो अभियान सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले काठमाण्डौ महानगरपालिका वडा नं ३० बाट घरदैलो अभियान सुरु गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एमालेका तेज प्रसाद ढकाल उम्मेदवार रहेको काठमाण्डौ महानगरपालिका वडा नं ३० नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका गगन कुमार थापाको पनि गृह वडा हो।

२०७४ सालको निर्वाचनमा निकटतम प्रतिद्वन्दी भए पनि क्षेत्रको विकास र सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहेका डा.भट्टराईले घरदैलो अभियान सुरु गर्दै यस पटक काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमाले विकास र समृद्धि मुद्दा बोकेर जनताको माझमा आएको बताएका छन।

जनजिविका सामाजिक सुरक्षा तथा सुशासान क्षेत्रमा आमुल परिवर्तनका लागी डा.भट्टराईका १० प्रतिबद्धता :
१. स्थानीय तह संगको सामन्वयमा कालोबजारी नियन्त्रण, बजार अनुगमन तथा उपभोक्ता हितका क्षेत्रमा प्रभावकारी कार्य गर्नेछौं ।
२. मौलिक उत्पादनहरुको सम्बर्द्धन, प्रर्बद्धन र बजारीकरण गर्नेछौं । अखाद्य बस्तुको उत्पादन तथा बिक्रि बितरणलाई पुर्ण रुपमा निषेध गर्नेछौं।
३. काठमाडौं ४ भित्र पर्ने सबै भुमीहिन सुकुम्बासी समस्याको समाधान गर्नेछौं । संघ, प्रदेश र स्थानिय सरकारको सहकार्यमा मुआब्जा, लालपुर्जा तथा स्थानान्तरणका समस्यालाई एकिकृत रुपमा हल गर्नेछौं ।
४. सार्बजनिक सम्पत्तीको रक्षा तथा उपयोगका लागि संघ, प्रदेश र स्थानिय सरकारको सहकार्यमा दिर्घकालिन आयोजनाहरु निमार्ण र संचालन गर्नेछौं ।
५. नयाँ पार्कहरुको सम्भाव्यता अध्ययन गरि निमार्ण गर्नेछौं । हाल भएका र्साजनिक पार्क तथा चौरहरुको स्तरोन्नति गरि आधुनिकिकरण र सौन्दर्यकरण गर्नेछौं ।
६. महिला सुरक्षा, यौनजन्य तथा अन्य हिंसा बिरुद्धका बिभिन्न कार्यक्रमहरु तयार गरि क्षेत्रलाई पुर्ण रुपमा हिंसामुक्त क्षेत्र बनाउनेछौं । यस क्षेत्रका विभिन्न विकास निर्माण तथा नीति निर्माणमा महिला सहभागिता र नेतृत्व विकास तथा विस्तारमा जोड दिइनेछ । स्थानीय तहको सहकार्यमा महिलाहरूको सिप विकास, घरेलु उद्यम र स्वरोजगारी सिर्जना तथा सामाजिक सशक्तीकरणका लागि तालिम, प्रोत्साहन र अवसरहरूको प्रबन्ध गरिने छ ।
७. बालबालिकामैत्री समाज निर्माण गर्न, बाल विकास केन्द्रको स्थापना गरि बालश्रम र बाल हिंसा पुर्ण निस्तेज पार्नेछौं ।
८. ज्येष्ठ नागरीकको हक हितका निम्ति, ज्येष्ठनागरिक मिलन केन्द्र स्थापना गरि, ज्येष्ठनागरिकका गुनासो सुन्ने र राज्यबाट ज्येष्ठनागरिकले प्राप्त गर्ने सुबिधाहरु घरदैलोमै उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं । नयाँ निर्माण हुने भौतिक संरचना तथा पार्कहरू ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री हुने व्यवस्था गरिने छ ।
९. मातृशिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन सूचनामुलक जनचेतना अभिबृद्धी कार्यक्रम संचालन गर्नेछौं । सुरक्षित प्रजननलाई सबैको पहुँचमा ल्याउन बजेट र आधुनिक प्रबिधिको व्यवस्था गर्नेछौं ।
१०. सार्बजनिक सेवा प्रबाह चुस्त दुरुस्त बनाउन डिजिटल गभर्नेन्स अभियान चलाउनेछौं । जनताको सेवा जनताकै घरमा भन्ने अवधारणाका साथ घुम्ती कर संकलन लगायतका सेवा संचालन गर्नेछौं । काठमाडौं ४ भित्रपर्ने सबै सार्बजनिक निकायहरुले प्रदान गर्ने सेवाका सन्दर्भमा डिजिटल एप मार्फत जनतालाई जानकारी दिने र सोही अनुरुप अधिकतम सेवा अनलाईन बाटनै प्रदान गर्ने व्यवस्था मिलाउनेछौं ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...