सुरेन्द्र पाण्डेको विकासका कार्यक्रम : चालु आर्थिक वर्षमा मात्रै १० वटा पुल , ३० करोडको सडक निर्माण योजना



हाम्रो इकोनोमि

 

 

 

चितवनको निर्वाचन क्षेत्र नं. १ को राप्ती नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा पुल र सडकमा ४० करोड रुपियाँका योजनाहरु परेका छन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा राप्ती र खैरहनी नगरपालिकामा ठुला योजनाका काममा मात्रै ४० करोडका विकास निर्माणका कार्यक्रम परेको हो । सांसद निर्वाचित भएपछि हरेक वर्ष पूर्वी चितवनमा ठुलो आयोजनाहरु परेका छन् ।

चालु आर्थिक वर्षको बजेट अन्तर्गत परेका योजनाहरुमा सडकमा मात्रै ३० करोड रुपियाँको बजेट परेको छ । भण्डारा मलेखु सडकमा यो वर्ष २० करोड रुपियाँ बजेट विनियोजन भएको छ । हरेक वर्ष यो सडकका लागि बजेट वृद्धि गर्दै लगेको छ । वहुवर्षे योजना अन्तर्गत अहिलेको चालु आर्थिक वर्षमा बजेट पारेको हो । त्यस्तै गरी पूर्वी चितवनको स्यादुल खोलाबाट राप्ती नगरपालिका जोड्ने सडकमा ५ करोड रुपियाँ बजेट विनियोजना भएको छ । खैरहनी कठार हुदै राप्तीको वडा नं. ६ जोड्ने पर्सा सडकमा र भुवानी हरनरी टोलबाट भुइकुना जोड्ने सडकमा एक करोड रुपियाँ, राप्ती ६ आनन्दमार्ग जुवाखोला सडकमा ७५ लाख रुपियाँ, राप्ती ६ को परवारी गोठौली सडकमा एक करोड रुपियाँ, वुढी राप्ती महेन्द्र राजमार्ग जोड्ने सडकमा ५० लाख रुपियाँ, अन्य सडकखण्डमा पनि बजेट विनियोजन भएको छ ।
१० वटा पुलमा ९ करोड बजेट

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको पहलमा चालु आर्थिक वर्षमा मात्रै पहिलो चरणमा साना ठुला गरेर १० वटा पुल निर्माणमा ९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । योजना अन्तर्गत मुख्य गरी पम्फा खोलाको श्रीकोट वीरेन्द्रनगरमा २ करोड, राप्तीको ६ र १० वडा जोड्ने पहुवारीमा २ करोडको पुल, पम्फाबाट सुर्तनी जोड्नेमा २ करोडको पुल, ढुग्रेखोला कठार जोड्ने २ करोडको पुल, पम्फा खोला वीरेन्द्रनगर जोड्ने पुलमा एक करोड र पहुवारीमा २ करोडको पुल निर्माणको लागि बजेट परेको हो । यी संगै ५० लाख रुपियाँका अन्य साना पुलहरुको आयोजनाहरु रहेका छन् ।
चितवनको राप्ती नगरपालिकामा मात्रै ५५ करोड ५९ लाख रुपियाँ बजेटका योजनाहरु परेका छन् । आर्थिक वर्ष २०७९÷०८०को लागि राप्ती नगरपालिकाको विभिन्न विकास निर्माणमा ठुलो रकम परेको हो । पूर्वी चितवनमा साना खोलाहरु धेरै रहेकाले यहाँ पुल, तटवन्धन र सडक कालोपत्रे आवश्यकता रहेको उपाध्यक्ष पाण्डेले बताउनुभयो । पहिलो आवश्यकता भनेको सडक सञ्जाल, पुल, आवास सुरक्षित पार्नु रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...