आचारसंहिता उल्लंघन गर्नेलाई छाड्दैनौं : निर्वाचन आयोग



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी गराए ।

उनले भने, ‘स्पष्टीकरण सोधेपछि उहाँहरूले पेस गरेको जवाफको आधारमा कारवाही प्रक्रिया अघि बढाइसकेका छौँ । तथ्य र प्रमाण नपुगेको हकमा पुन बुझ्न हामी स्थानीय प्रशासनलाई बुझ्न भनेका छौँ । आचारसंहिता उल्लंघन प्रमाणित भए कारबाही गछौँ । त्यो आयोगको बैठक बसेर निर्णय गर्छ ।’

उनले प्रधानमन्त्री, मन्त्रीहरू आयोगको अनुमति लिएरमात्रै चुनावी प्रचारमा जान पाउने बताए । जनप्रतिनिधिले सरकारी सुविधा खर्च गर्न नपाउने थपलियाले प्रष्ट्याए ।

उनले भने, ‘सामाजिक सञ्जाल नियम र उपयोगको कुरा पनि उठायौँ । यो चुनौतीपूर्ण थियो । त्यसकारण अहिले आयोगले समाजिक सञ्जालमा आफ्ना कुरा राख्न पाउने र दलले विज्ञापन गर्न पाउने व्यवस्था गरेका छौँ । निर्वाचनको बेलामा निहित राजनीति स्वार्थ बोकेकाहरूबाट अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् नहोस् भन्नेबारे आयोग सचेत छ ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...