एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै सक्दैन : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी दिएका छन् । उनले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने उनले बताए । अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने, एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ । दुर्भाग्य भोग्नुपर्छ,’ ओलीले भने ।

काठमाडौं १ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उनको भनाइ छ । ओलीले भने, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप ?’

राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको ओलीले बताए । प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने उनको आह्वान छ । ‘प्रतिगामीहरू हामीलाई नै प्रतिगामी भन्दै छन्, उनीहरूलाई लाज छैन,’ ओलीले भने, ‘अहिलेको सरकार प्रतिगमनको फल हो, असंवैधानिक र असंसदीय हो ।’

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...