मोडल गणेशमान घलेको ‘सोल्टीनी क्या राम्री’ बजारमा



हाम्रो इकोनोमि

 

 

मोडल तथा नायक गणेशमान घलेले अभिनय गर्नु भएको ‘सोल्टीनी क्या राम्री’ बजारमा आएको छ । सुनिल गिरीको शब्द तथा संगीतमा रहेको गीति एल्बममा गणेशमान घलेलाई मोडल मिरुना राना मगरले साथ दिएकी छन् । यस गीति एल्बममा लम्जुङको भुजुङ गाउँको एउटा ठिटो अध्ययनको लागि बाहिर गएको र लामो समय पछि फर्किदा बाल्यकालको मायाँ प्रेमलाई सम्झना गर्दै पुन मिलन भएको एक प्रेमिल जोडीको विषयलाई प्रस्तुत गर्न खोजिएको छ । दर्शक श्रोताले अध्याधिक मन पराएको यस गीति एल्बमबाट मोडल घलेको चर्चा चुलिएको छ ।

बजारमा आएको ४ महिनामा नै पौने ५ मिलियन भ्यूज कमाउन सफल भएको यस एल्बमले युवा पिँडीको मन जित्ने प्रयास गरेको छ । धादिङको गंगा जमूना गाउँपालिकामा जन्मनु भइ करिब एक दशक अघिबाट साँगितिक क्षेत्रमा पाइला चाल्नु भएका घलेको हालसम्म दर्जन भन्दा बढी मोडलिङ भिडियो तथा चलचित्रहरु बजारमा आइसकेका छन् । गीत संगीत क्षेत्रमा मात्र नभएर घलेले मगर संस्कृतिमा आधारित चलचित्र माराङ, र गुरुङ भाषाको चलचित्रमा समेत मुख्य भुमिकामा रहेर अभिनय गरिसक्नु भएको छ । उहाँ पछिल्लो समय म्युजिक भिडियोको कोरियोग्राफरको रुपमा पनि सक्रिय रहँदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...