गठबन्धनमा कसैले समस्या नल्याऔं : देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेको भन्दै गठबन्धन आवश्यक रहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले सबै नेताका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । गठबन्धन आवश्यक छ । आज शेरबहादुर छ भने भोलि प्रचण्ड, माधव नेपाल, रामचन्द्र हुनुहोला । सबैका लागि यो महत्वपूर्ण उपलब्धि हो । अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव हो । समावेशी लोकतन्त्रलाई अघि बढाउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम गर्नेछ’, देउवाले भने । उनले विगतका कुरा सम्झिएर काम नभएको भन्दै राजनीतिमा कुनै पनि ठाउामा समझदारी गर्नुपर्ने हुन सक्ने औंल्याए ।

‘हिजोका कुरा ल्याएर केही काम छैन । राजनीतिमा हिजो-आजका कुरै छैन । हिजोका कुराको काम छैन, सम्झनुपर्ने केही छैन । गठबन्धनमा कुनै हालत र बहानामा शंका नहुने अवस्था छ । गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन’, देउवाले भने, ‘राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् । हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो ।’

केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूको सम्बन्धजत्तिकै तलसम्म बनाउन कार्यकर्तालाई देउवाले निर्देशन दिए । ‘हामी माथि माधवजी, प्रचण्डसँग कति राम्रो सम्बन्ध छ, तल पनि हुनुपर्‍यो । आपसमा सम्बन्ध बढाउने काममा लाग्नुपर्छ ।’ टिकट नपाएकोमा कोही रिसाएको भए मिलाइने उनले बताए ।

‘उहाँहरू (माधव नेपाल, प्रचण्ड) लाई धन्यवाद दिन चाहन्छु, कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउने भन्नुभयो । म व्यक्तिलाई प्रधानमन्त्री बनाएको होइन । भोलिका सन्ततिले मूल्यांकन गर्नेछन्, त्यसबेला पनि यस्तो राम्रो व्यवस्था ल्याएको भनेर ।’

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...