भक्तपुर कांग्रेस र नेकपा एसमा पहिरो, एमाले प्रवेश गरे चर्चित हस्तीहरु



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा भक्तपुर कांग्रेसमा पहिरो जान थालेको छ । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले जमिन्दारी शैली अपनाउदै आएको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई जिताउने अठोटसहित भक्तपरमा कांथ्रेस त्यागेर एमाले प्रवेशको लहर चलेको हो ।

यही क्रममा भक्तपुर २ का ५० जना भन्दा बढी युवाहरु कांग्रेस त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्रकृष्ण श्रेष्ठसहित ३५ जना युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

त्यस्तै उक्त कार्यक्रम नेकपा एसका नेता तथा गत निर्वाचनका वडा अध्यक्षका उम्मेद्वार समेत भएर ४ सय ५७ मत ल्याउन सफल सिरुटारका नेता मिलन थापासहित १५ जना एमालेमा प्रवेश गर्नुभयो । एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गरेकाहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो भने भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले टिका लगाइदिनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...