प्रचण्ड पत्नी सीता दाहाल आईसियुमा



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ हुनुभएको छ । उहाँलाई बुधबार (हिजो) देखि नैललितपुरस्थित मेडिसिटी अस्पतालको आसियुमा राखेर उपचार भइरहेको छ । उहाँलाई हिजो बुधबार बिहान आपतकालीन अवस्थामा अस्पताल लगिएको श्रोतले बताएको छ ।

लामो समयदेखि विरामी रहनु भएकी दाहाललाई यसअघि अस्पताल लाने, ल्याउने चलिरहेको थियो । हिजो बढी नै विरामी भएपछि आकस्मिकरूपमा अस्पताल लगिएको हो । हिजो राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड नआउनु भएपछि कार्यकर्ताको चासो शान्त पार्न नेता नारायणकाजी श्रेष्ठले सीतालाई अस्पताल लगिएको कुरा सार्वजनिक गर्नुभएको थियो ।

प्रचण्डको आज (बिहीबार) सिन्धुली जाने कार्यक्रम थियो । तर, पत्नी सीताको आसियुमा राखेर उपचार भइरहेकाले उहाँ सिन्धसली जान नसक्ने हुनुभएको छ । बिहीबार उहाँ राजधानी काठमाडौंमै कार्यकर्ता भेटघाटलगायतका विविध कार्यक्रममा व्यस्त रहनुहुने पार्टी श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...