एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार



हाम्रो इकोनोमि

 

 

कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो अपरान्ह काठमाडौंबाट भद्रपुर विमानस्थल हुदै आफनो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुग्नुभएका अध्यक्ष ओलीलाई रुघाखोकी संगै ज्वरो आएपछि पूर्वनिर्धारित पत्रकार सम्मेलन लगायतका कुनैपनि चुनाव लक्षित कार्यक्रममा उपस्थित हुनुभएन ।

हिजो बेलुकी पौने ५ बजे दमक ५ स्थित थकाली होटलमा पार्टी सम्बद्ध प्रेस चौतारीले आयोजना गरेको अध्यक्ष ओलीसंगको पत्रकार भेटघाटको कार्यक्रम राखिएको थियो तर, अन्तिममा आएर उनी बिरामी भएका कारण उपस्थित हुन नसक्ने जानकारी गराईएको थियो । अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी झापा क्षेत्र नं ५ अन्तर्गतका प्रदेश सभा क्षेत्र क का उम्मेदवार समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गराउनु भयो ।

निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले सो पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारीबारे जानकारी गराउनु भएको थियो । अध्यक्ष ओलीको स्वास्थ्यमा पूरै सुधार भएको दाहालले जानकारी दिनुभएको छ ।  दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

सो कार्यक्रममा क्षेत्र नं ५ भरीका कार्यकर्ताहरुको उपस्थिती रहनेछ । ३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिनुभयो । अध्यक्ष ओली ३ गते दिउसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...