चितवन क्षेत्र नं. १ मा एमालेको घरदैलो कार्यक्रम सुरु



हाम्रो इकोनोमि

 

 

चितवन क्षेत्र नं. १ मा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं. २ बाट एमालेले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गरेको हो । यसँगै क्षेत्र नम्बर १ भरि एमालेले घरदैलो कार्यक्रमलाई अगाडि बढाउने छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेशसभा १ ’क’ का उम्मेदवार जेएन थपलियाले घरघरमा गएर जनताको आवश्यकता बुझ्ने काम गरेका छन् । सुरेन्द्र पाण्डे यस क्षेत्रबाट वि.सं. २०७० र ७४ मा निर्वाचित भएका थिए । जनताको सामु पाण्डेले अधुरो रहेको विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतमा एमालेले गरेका कामहरुलाई मनन गर्न पनि मतदाताहरुमा पाण्डेले अनुरोध गरेका छन् ।

 

यस्तै एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा १ ’क’ का उम्मेदवार थपलियाले घरदैलोको क्रममा जनताको सेवाको लागि आफ्नो उम्मेदवारी रहेको बताए । एमाले जनताको पार्टी भएकोले जित सुनिश्चित भएको पनि उनले बताए । घरदैलोमा प्रचारप्रसार मात्र नभइकन जनताको सुखदुःख बुझ्ने काम हुनेमा उनले जोड दिए ।

एमाले केन्द्रीय सदस्य प्रभा बराल, बागमती प्रदेश कमिटी सदस्यहरु हरि पौडेल, इमानसिंह लामा, राप्ती नगर कमिटी उपाध्यक्ष श्यामसुन्दर उप्रेती लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...