चितवन क्षेत्र नं. १ मा एमालेको घरदैलो कार्यक्रम सुरु



हाम्रो इकोनोमि

 

 

चितवन क्षेत्र नं. १ मा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं. २ बाट एमालेले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गरेको हो । यसँगै क्षेत्र नम्बर १ भरि एमालेले घरदैलो कार्यक्रमलाई अगाडि बढाउने छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेशसभा १ ’क’ का उम्मेदवार जेएन थपलियाले घरघरमा गएर जनताको आवश्यकता बुझ्ने काम गरेका छन् । सुरेन्द्र पाण्डे यस क्षेत्रबाट वि.सं. २०७० र ७४ मा निर्वाचित भएका थिए । जनताको सामु पाण्डेले अधुरो रहेको विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतमा एमालेले गरेका कामहरुलाई मनन गर्न पनि मतदाताहरुमा पाण्डेले अनुरोध गरेका छन् ।

 

यस्तै एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा १ ’क’ का उम्मेदवार थपलियाले घरदैलोको क्रममा जनताको सेवाको लागि आफ्नो उम्मेदवारी रहेको बताए । एमाले जनताको पार्टी भएकोले जित सुनिश्चित भएको पनि उनले बताए । घरदैलोमा प्रचारप्रसार मात्र नभइकन जनताको सुखदुःख बुझ्ने काम हुनेमा उनले जोड दिए ।

एमाले केन्द्रीय सदस्य प्रभा बराल, बागमती प्रदेश कमिटी सदस्यहरु हरि पौडेल, इमानसिंह लामा, राप्ती नगर कमिटी उपाध्यक्ष श्यामसुन्दर उप्रेती लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...