प्रधानमन्त्री देउवाले माधव नेपाललाई गराए उठबस



हाम्रो इकोनोमि

 

 

मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले काठमाडौंमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षण कार्यक्रम चलिरहेको छ । कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी छन् । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा र प्रचण्ड पहिले नै पुगेका थिए । कार्यक्रम चलिरहेको बेलामा पुगे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगे ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री देउवा हुन् भने, कार्यक्रम चल्दै गर्दा पुगेका अध्यक्ष नेपाललाई विशिष्ट अतिथि बनाइयो । प्रधानमन्त्री देउवा भएको सोफामा बस्न गए । तर, त्यहाँ उनलाई बस्न दिइएन । माधवलाई देउवा छेउमा बस्न लाग्दा सेक्युरिटीले उनलाई प्रचण्ड भएको सोफामा बस्न आग्रह गरे । उनी उतै गए ।

 

प्रचण्ड बसेको सोफामा बस्न पुगेका नेपालाई फेरि देउवाले यतै आउनू भनेर बोलाए । प्रचण्डसँग बस्न पुगिसकेका अध्यक्ष नेपाल देउवाले बोलाएपछि फेरि हाँस्दै देउवा छेउमा गए बसे ।

 

अहिले गठबन्धनको प्रशिक्षण कार्यक्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...