टिकट नपाए पनि भीम रावलले एमाले नछाड्ने



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा एमाले नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर संघर्ष गर्ने तर पार्टी कहिल्यै नछोड्ने प्रण गरेका हुन् । रावलले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर पार्टीको विधि र सिद्धान्तविपरीत तालमेल गरेकोप्रति असन्तुष्टि पोखेका हुन् । उनले प्रश्न गर्दै भने, ‘तपाई (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ। त्यो पार्टी सिद्धान्त विपरीत भएन  ?

लोसपाका नेताहरूलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका कुकर्म गरेकाहरूलाई पार्टीको उम्मेदवार बनाउने कुन सिद्धान्त विधि र अनुशासनभित्र पर्छ ? भन्दै प्रश्न गरे । युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएको एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति आक्रोश पोखे । निरङ्कुश व्यवस्थामा एमालेलाई नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति पनि असन्तुष्टि व्यक्ति गरे ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...