भक्तपुर कांग्रेसमा पहिरो, क्षेत्रीय सभापतिसहित दर्जनौं युवा एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । यसै क्रममा भक्तपुरमा कांग्रेस परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला क्षेत्र नं. १ का सभापति प्रमोद राज सुवेदीसहित १५ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा सभापति सुवेदीसहित एलिस सुवेदी, सन्दिप नेपाल, उमेश तिम्सिना, सुरज तिम्सिना, अनिल भट्टराई, निक श्रेष्ठलगायतका १५ जना युवाहरु एमालेमा प्रवेश गरेका हुने । एमाले प्रवेश गर्दै युवाहरुले जिल्लामा मात्र नभई मुलुकको नेतृत्व गर्न एमालेको विकल्प नभएको उल्लेख गर्दै एमालेको विजय नै राष्ट्र, राष्ट्रियता तथा विकास र समृद्धिको ढोका खुल्ला हुने भन्दै एमालेमा प्रवेश गरे ।

एमालेको नेतृत्वमा भक्तपुरको विकासले कायापल ल्याएको भन्दै नवप्रवेशीले नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं. १ को प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो साढे चार वर्षको कार्यकालमा गर्नुभएको विकासले जिल्लामा नयाँ आयाम ल्याएकोले आफुहरु एमालेमो प्रवेश गरेको उल्लेख गरे । नेता बस्नेतले अबको पाँच वर्ष अधुरा कामहरुलाई सम्पन्न गराउने, रोजगारी सिर्जना गर्ने तथा जिल्लामा नै औद्योगिकरणको अभियान सञ्चालन गर्ने महत्वपूर्ण लक्ष्य लिनुभएकाले उक्त लक्ष्य पुरा गराई जिल्लाका सम्पूर्ण युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न र एमालेको झण्डाबोकी सवै योजना सफल बनाउन एमाले प्रवेश गरेको उल्लेख गरे ।

कार्यक्रममा एमाले नेता बस्नेतले खादा तथा अविर लगाई स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै नेता बस्नेतले नवप्रवेशीलाई आगामी दिनमा राजनीतिक तथा सामाजिक कार्यकालको बधाई तथा शुभकामना वयक्त गर्दै योग्यता र क्षमताको आधारमा नवप्रवेशीलाई पार्टीले उचिज जिम्मेवारी दिने प्रतिवद्धता जनाउनुभयो । नवप्रवेशी तथा एमालेका कार्यकर्ताहरले आगामी मंसिर ४ गते एमालेको लागि ऐतिहासिक दिन बनाउनुपर्नेमा जोड दिँदै नेता बस्नेतले सोही अनुसार रात दिन नभनि निर्वाचन केन्द्रीत भई लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा एमाले भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, केन्द्रीय सदस्य गोविन्द प्रासद दुलाल, वागमती प्रदेश सदस्य राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, एमाले क्षेत्र नं. २ ‘क’ सूर्यविनायकका उम्मेदवार किरण थापा, ‘ख’ मध्यपुरका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, एमाले सूर्यविनायक नगर अध्यक्ष रविन्द्र सापकोटालगायतका एमाले नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...