सूर्य थापालाई समर्थन गर्दै लौरो अभियानका पोखरेलको उम्मेदवारी फिर्ता



हाम्रो इकोनोमि

 

 

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट स्वतन्त्र उम्मेदवारी दिएका लौरो अभियानका माधव पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले त्यहाँ प्रतिनिधिसभाका लागि नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई आफूले सहयोग गर्ने बताएका छन् । थापा र आफूले बोकेको एजेण्डा साझा भएकाले थापालाई नै सघाएर चुनावमा जाने लिखित सहमति गरिएको पोखरेलले बताएका छन् ।

प्यूठान जिल्लालाई प्रत्यक्ष रुपमा हवाई मार्गसँग जोड्नका लागि नियमित सञ्चालन हुने गरी विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण गर्न पहल गर्ने र विमानस्थलदेखि पवित्र धार्मिक एवम् पर्यटकीय तीर्थस्थल स्वर्गद्धारीसम्मको सडकलाई सुरक्षित, व्यवस्थित र नियमित रुपमा सञ्चालन हुनेगरी निर्माण गर्ने एजेण्डा दुवैका साझा प्रतिवद्धता हुन् ।

उनले आफ्ना समर्थकलाई समेत सूर्य थापालाई भोट दिन अनुरोध गरेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...