मेरो जीत सुनिश्चित छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । आसन्न निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्दै नेता पोखरेलले एमालेले जनताको मन जित्ने काम गरेको बताउँदै जीत सुनिश्चित रहेको बताए । त्यस्तै क्षेत्र नम्बर ५ ख मा एमालेबाट प्रदेशसभा सदस्यको लागि दिपक निरौला र क्षेत्र नम्बर ५ क मा नारायण सिलवाल उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेता पोखरेलले भनेः निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन । त्यसको आधारमा भनेको हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन् । हामीले जनताको मन जित्ने काम गरेका छौं । पोखरेलले निर्वाचनमा आफुसहित एमालेका उम्मेदवारहरु विजयी हुनेमा विश्वास व्यक्त गरे । पोखरल यसअघि २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा भारी मतले निर्वाचित भएका थिए । काँग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए ।


