मेरो जीत सुनिश्चित छ : वरिष्ठ उपाध्यक्ष पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । आसन्न निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्दै नेता पोखरेलले एमालेले जनताको मन जित्ने काम गरेको बताउँदै जीत सुनिश्चित रहेको बताए । त्यस्तै  क्षेत्र नम्बर ५ ख मा एमालेबाट प्रदेशसभा सदस्यको लागि दिपक निरौला र क्षेत्र नम्बर ५ क मा नारायण सिलवाल उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेता पोखरेलले भनेः निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन । त्यसको आधारमा भनेको हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन् । हामीले जनताको मन जित्ने काम गरेका छौं । पोखरेलले निर्वाचनमा आफुसहित एमालेका उम्मेदवारहरु विजयी हुनेमा विश्वास व्यक्त गरे । पोखरल यसअघि २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा भारी मतले निर्वाचित भएका थिए । काँग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...