पश्चिम नवलपरासीबाट विनोद चौधरीले पाए टिकट



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा अर्बपति व्यापारी विनोद चौधरीलाई प्रतिनिधिसभाको टिकट दिएको छ । उनको नाम सिफारिस भएसँगै कांग्रेसका स्थानीय नेताहरुबीच विवाद सुरु भएको थियो ।

नवलपरासी पूर्वमा उनको सक्रियता देखिए पनि चुनावको मुखमा उनलाई क्षेत्र सारिएको भन्दै यताका आकांक्षीहरुले विरोध जनाएका थिए । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

२०६४ को संविधानसभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । कांग्रेस नेताहरुले लामो समय भूगोलमा काम गरेका नेताहरुलाई बाहिर पारेर आर्थिक प्रलोभनमा नेता चौधरीलाई ल्याएको भन्दै विरोध गरेका थिए ।

कांग्रेसबाट लामो समय यो क्षेत्रमा राजनीति गरेका नेताहरु विक्रम खनाल तथा देवकरण जैसवाल आकांक्षी थिए । उनीहरु यसअघि सो क्षेत्रबाट निर्वाचित पनि भएकाले उनीहरुले नै अवसर पाउनुपर्ने उनका समर्थकहरुले बोल्दै आएका छन् । यो क्षेत्रमा नेकपा एमालेको समर्थनमा यसअघि पनि चुनाव जितेका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...