पश्चिम नवलपरासीबाट विनोद चौधरीले पाए टिकट



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा अर्बपति व्यापारी विनोद चौधरीलाई प्रतिनिधिसभाको टिकट दिएको छ । उनको नाम सिफारिस भएसँगै कांग्रेसका स्थानीय नेताहरुबीच विवाद सुरु भएको थियो ।

नवलपरासी पूर्वमा उनको सक्रियता देखिए पनि चुनावको मुखमा उनलाई क्षेत्र सारिएको भन्दै यताका आकांक्षीहरुले विरोध जनाएका थिए । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

२०६४ को संविधानसभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । कांग्रेस नेताहरुले लामो समय भूगोलमा काम गरेका नेताहरुलाई बाहिर पारेर आर्थिक प्रलोभनमा नेता चौधरीलाई ल्याएको भन्दै विरोध गरेका थिए ।

कांग्रेसबाट लामो समय यो क्षेत्रमा राजनीति गरेका नेताहरु विक्रम खनाल तथा देवकरण जैसवाल आकांक्षी थिए । उनीहरु यसअघि सो क्षेत्रबाट निर्वाचित पनि भएकाले उनीहरुले नै अवसर पाउनुपर्ने उनका समर्थकहरुले बोल्दै आएका छन् । यो क्षेत्रमा नेकपा एमालेको समर्थनमा यसअघि पनि चुनाव जितेका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...