शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)



हाम्रो इकोनोमि

 

 

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको आयोजना गरेको छ । दसैँ, तिहारलगायतका पर्वमा कांग्रेसले बर्सेनि कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्ने परम्परा छ । तर, समान अवसर र न्यायका लागि भन्दै खबरदारी अभियान चलाइरहेको शेखर-गगन समूहले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छुट्टै कार्यक्रम गरेको हो । कार्यक्रममा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेता उपस्थित छन् ।

यस कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा शेखर समूहको असन्तुष्टि छ । प्रत्यक्षमा पनि कम्तीमा ४० प्रतिशत सीटको बटमलाइनसहित संस्थापन पक्षलाई दबाब दिँदै आएको छ । हिजो सानेपास्थित केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ता धर्नासमेत बसेका छन् । आफूहरूको माग सम्मानजनक रूपमा सम्बोधन नभए देशभर गठबन्धनविरुद्ध बागी उम्मेदवार उठाउने चेतावनी नेताहरूले दिएका छन् ।

 

       

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...