शेखर- गगन समूह पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको शेखर-गगन समूहले मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुलाई पार्टीको ४० प्रतिशत सीट माग गर्दै बुधबार पार्टी केन्द्रीय कार्यालयमा एकघन्टा धर्ना दिने भएकाे छ । समूहको आज भएको बैठकले उक्त निर्णय गरेको शेखर-गगन समूहको दोस्रो तहका नेता मनोजमणि आचार्यले जानकारी दिएका हुन् ।

उनले पार्टीभित्र समान न्याय र अवसर प्राप्तिका लागि पार्टी सभापतिलाई दबाब दिने उद्देश्यले बुधबार एकघन्टा धर्ना दिन लागिएको बताए । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा आफ्नो समूहका नेता तथा कार्यकर्ताहरुलाई उपेक्षा गरिएको भन्दै उक्त सूची सच्याउनसमेत शेखर-गगन समूहले माग गर्दै आएको छ । त्यस्तै प्रत्यक्षतर्फ समेत पार्टीभित्र आफ्नो समूहले ४० प्रतिशत टिकट पाउनुपर्नेमा जोड दिँदै आएको छ ।

पार्टी नेतृत्वले आफूहरुको मागको सुनुवाइ नगरे मंसिर ४ गते हुने चुनाव बहिस्कार गर्नुपर्नेसम्म शेखर-गगन समूह अघि बढिसकेको छ । यसअघि समूहले शनिबार खबरदारी सभा गरेका थिए । सोही सभामा सहभागी नेताहरु सोमबारको बैठकमा उपस्थित भएका थिए । बैठकमा पार्टी केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रकाश स्नेही, अजयबाबु सिवाकोटीलगायतसमेत उपस्थित थिए । शेखर-गगन समूहले असोज १६ अगाडि नै कार्यदल बनाएर समानुपातिकको सूची सच्याउनुपर्ने सर्त सभापति देउवासमक्ष राखेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...