अन्य दल त्यागेर एमालेमा भित्रिए २ लाख नेता-कार्यकर्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले गठबन्धनसहित अन्य दल त्यागेर चर्चित नेतासहित दुई लाख नेता कार्यकर्ता पार्टी प्रवेश गरेको तथ्यांक सार्वजनिक गरेको छ । एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित आयोजित ‘पार्टी क्रस, लाख क्रस’ कार्यक्रममा यस्तो तथ्यांक राख्नुभएको हो ।

कार्यक्रममा एमाले प्रवेश गरेका डेढलाख भन्दा बढीको जिल्लागत तथ्याङ्क प्रस्तुत गरिएको थियो । यो सङ्ख्या पचास जिल्लाको मात्र रहेको र सबै जिल्लाको सङ्कलन गर्दा दुईलाख भन्दा बढी हुने वताइएको छ । महासचिव पोखरेलले विगत केही महिनायता विभिन्न पार्टीबाट केन्द्रीय सदस्यहरू, पूर्वमन्त्रीहरू, प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरू लगायत ठूलो सङ्ख्यामा नेताकार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको वताउनुभयो । आज मात्रै धुनुषामा ठूलो संख्यामा पार्टी प्रवेश भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री उमाशंकर अगडियासहित ठूलो संख्यामा पार्टी प्रवेश गराउनु भएको हो ।

नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतका साथ विजय प्राप्त गर्न प्रत्येक पार्टी सदस्यले ‘दुई नयाँ मतदाता थप्ने र पाँच पुराना मतदाताको मत संरक्षण गर्ने’ नीति लिएको छ । कार्यक्रममा महासचिव पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशील नेपालीलाई एमालेको झण्डामुनी गोलबन्द हुन आह्वान गर्नुभयो ।

नेकपा एमालेमा प्रवेश गर्ने अन्य पार्टीका नेता कार्यकर्ताहरूको सङ्ख्या लाख नाघेको अवसरमा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ‘पार्टी क्रस, लाख क्रस’ कार्यक्रममा महासचिव पोखरेलले विकास, समृद्धि र अग्रगमनको चाहना राख्ने सबैलाई पार्टीमा स्वागत गरिने वताउनुभयो ।

महासचिव पोखरेलले नेकपा एमाले नीति, नेतृत्व र गन्तव्यका हिसावले स्पष्ट रहेको र आगामी निर्वाचनपछि स्पष्ट बहुमतको सरकार गठन गरी देशको विकास र जनताको हितमा काम गर्न चाहेको वताउनुभयो । उहाँले विभिन्न दल त्याग गरी एमालेमा समाहित हुनुभएका नेता-कार्यकर्ताबाट पार्टीलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी निर्वाचन देशको भाग्य र भविष्यसँग गाँसिएको, विकास र समृद्धिसँग जोडिएको वताउँदै महासचिव पोखरेलले आह्वान गर्नुभयो, ‘देशको विकास र समृद्धि चाहनुहुन्छ भने त्यसका लागि एमालेमात्र सक्षम छ, आउनुस् एमालेमा, समाजवादको दिशामा अगाडि बढ्न चाहनुहुन्छ भने आउनुस् एमालेमा, हामी राष्ट्र निर्माणमा हरेक नेपालीलाई सामेल गर्न चाहन्छौं, राष्ट्रिय स्वाभिमान, स्वाधीनता चाहने देशभक्त नेपाली आउनुस् एमालेमा ।’

‘कतिपय बामपन्थी दलहरू यथास्थितिवादी नेपाली काँग्रेस र शेरबहादुर देउवाको पछाडि लागिरहेका छन्, उनीहरूको त्यो यात्रा बामपन्थ माथिको गद्दारी हो ।’ पाँच दलीय गठबन्धन नीति, नेतृत्व र गन्तव्य सबै कुरामा अस्पष्ट र अन्योलमा रहेकाले आगामी निर्वाचनपछि देशको नेतृत्व गर्न नसक्ने महासचिव पोखरेलको भनाई थियो ।

पाँचदलीय गठबन्धनले नागरिकताको विषयमा जनता विभाजित गर्ने प्रयास गरिरहेको वताउँदै महासचिव पोखरेलले नागरिकता राष्ट्रको परिचय भएकाले यसलाई सौदावाजीको विषय बनाउन नहुने वताउनुभयो ।उहाँले आगामी निर्वाचनपछि जनताले एमालेलाई बहुमतका साथ सरकार गठनको अवसर दिने विश्वास व्यक्त गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने एमालेको सरकारले नागरिकताको समस्या राष्ट्रिय सहमतिका साथ सधैका लागि समाधान गर्ने वताउनुभयो ।

महासचिव पोखरेलले नागरिकताका विषयमा राष्ट्रपतिको मार्गनिर्देशनलाई समेत सम्बोधन गरिने स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले आगामी निर्वाचनपछिको एमाले नेतृत्वको सरकारले नागरिकता, सुकुम्वासी तथा भूमिहीनका समस्या समाधान, युवाशक्तिलाई देशको निर्माणमा परिचालन, रोजगारी र उद्यमशीलताको विकास लगायत विषयलाई प्राथमिकतामा राखिने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...