पत्रकार महासंघ सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेको प्रेस चौतारीको आरोप



हाम्रो इकोनोमि

 

 

प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारका समस्याप्रति उदासीन नेपाल पत्रकार महासंघ राष्ट्रपतिकाविरुद्ध सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेको भन्दै महासंघको साझा चरित्र कायम नराखे कठोर कदम चाल्ने चेतावनी दिएको छ ।पत्रकार महासंघको बैठकले राष्ट्रपतिले असंवैधानिक कदम चालेको प्रस्ताव पारित गरे लगत्तै एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले पत्रकार महासंघ सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेर राजनीतिक वक्तव्यबाजीमा उत्रिएको आरोप लगाएको छ ।

चौतारीका महासचिव हिरामान लामाले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिविरुद्ध संविधानको मर्यादाबाहिर गएर उपराष्ट्रपतिले वक्तव्य दिँदा,प्रधानमन्त्रीका आपत्तिजनक कार्य र प्रधान न्यायाधीशलाई नजरबन्द गर्दा केही नबोल्ने महासंघले आफ्नो स्वतन्त्र छवि कायम गर्न नसकेको आरोप लगाएका छन् । चौतारीका महासचिव लामाले भनेका छन्–महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका बैधानिक निकायमाथि यसै गरी निरन्तर आक्रमण गर्ने र नेपाली जनता तथा श्रमजीवी पत्रकारको शीर निहुराउने काम यथावत् राखे प्रेस चौतारी नेपाल कठोर कदम चाल्न बाध्य हुनेछ ।

चौतारीले सत्ता गठबन्धनमै आबद्ध दलका नेताले सञ्चालन गरेको टेली टेलिभिजनले लामो समयसम्म श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिई काम लगाइरहेको र तीन महिनादेखि उनीहरूले आन्दोलन गर्दा महासंघले पत्रकारलाई साथ नदिएको आरोप समेत लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...