कांग्रेसभित्र भाँडभैलो, शेखर समूहको छुट्टै भेला, तनावमा देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै भोलि आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको छ । समान न्याय र समानताका लागि खबरदारी भेलाका नाममा देशभरका आफू पक्षीय कार्यकर्ताको भेला आयोजना गर्ने भएको हो । आज बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितको भेलाले भोलि देशभरका नेता कार्यकर्ता सम्मिलित भेला गर्ने निर्णय गरेको छ ।

‘पार्टीमा सबै पक्षको अस्तित्वको सम्बोधन, न्यायोचित टिकट तथा जिम्मेवारीको बाँडफाँट लगायतका विषयमा पार्टीभित्रै आवश्यक छलफल गर्न भोलि उल्लेख्य सहभागितासहितको भेला आयोजना गर्ने भन्ने निर्णय भएको छ,’ शेखर पक्षीय केन्द्रीय सदस्य अजयबाबू सिवाकोटीले भने,‘उक्त भेलामा यो वा त्यो समूहभन्दा पनि न्यायोचित र सम्मानजनक भूमिका, लोकतान्त्रिक परिपाटी चाहने सबै नेता कार्यकर्ता उपस्थित हुन सक्छन् ।’ स्थान भने अझै तय भई नसकेको उनले बताए ।

अहिले पार्टीभित्र टिकट बाँडफाँटको छलफल चलिरहेका बेला आफू पक्षीय नेताहरूलाई टिकट दिलाउन शेखर पक्षले निरन्तर दबाब दिइरहेको छ । यो भेलालाई पनि सोही नजरबाट हेरिएको छ ।

शेखर पक्षले महाधिवेशनमा ४० प्रतिशत भन्दा बढी मत पाएको भन्दै पार्टीमा ४० प्रतिशत भागबण्डा आफ्नो पक्षले पाउनुपर्ने भन्दै मागदाबी गर्दै आएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष शेखर पक्षको मागको सुनुवाइ गर्ने देखिदैन् । यतिबेला टिकट माग्दै देशभरका नेता कार्यकर्ता काठमाडौं केन्द्रित भएका बेला यस्तो भेला गर्दा उल्लेख्य सहभागिता जुटाउन सकिने र त्यसले संस्थापन पक्षलाई चर्को दबाब सिर्जना गर्न सकिने रणनीतिमा शेखर समूह देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...