प्रचण्ड सकियोस् भनेर एकथरि मान्छे रातदिन धुप हालिरहेका छन्



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको भन्दै अहिले पनि परिवर्न पक्षधर र विरोधीबीचमा पेचिलो संघर्ष चलिरहेको बताएका छन् । पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गरे ।

‘कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौं भने । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ । संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन । हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो । यसलाई रोक्न अरु कसैले सक्दैन । गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त गर्‍यौं । अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ ।’

प्रचण्डले प्रतिगमन शक्तिहरू सबै एक भएर लागिरहेको दाबी पनि गरे । आफूमाथि निरन्तर प्रहार भइरहेको भन्दै उनले भने, ‘माओवादीविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने काम प्रष्ट देखिरहेको छ । एकथरि मान्छे बसेर रातदिन धुप हालिरहेका छन् प्रचण्ड सकियोस् भनेर । जसले परिवर्तनको नेतृत्व गर्‍यो त्यसैमाथि किन प्रहार भइरहेको छ ? काल्पनिक र कपोकल्पित आरोप लगाइन्छ । अस्ति म भारत जाँदा थाहा पाइहाल्नुभो भेट्दै नभेटेका मान्छे भेट्यो यति बुँदे सम्झौता गरियो भनेर लगातार कुप्रचार गर्ने गरिएको छ ।’

उनले ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको गुनासो गरे । ‘देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूले वामपन्थीको एकता अहिले पनि आवश्यक फेरि नयाँ शिराबाट वामपन्थीलाई नजिक ल्याउने दिशामा छौं ।’

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...